नियमित कुरिलो सेवन गर्नुका फाईदाहरु यस्ता छन्

391

फागुन २१’
काठमाडौँ-
– कुरिलोको नियमित सेवन महिलाका लागि फाइदाजनक हुन्छ । यसले शरीरमा ऊर्जा उत्पन्न गर्छ । उनीहरूमा शारीरिक दुर्बलता हटाउन,महिनावारी
गडबडी ठीक पार्नलगायत कामका लागि समेत कुरिलो उपयोगी हुन्छ ।
– कुरिलोको नियमित सेवन गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ । साथै, क्यान्सर रोगीका लागि पनि यो फाइदाजनक छ ।
– कुरिलोलाई तरकारी वा सुप बनाएर नियमित सेवन गर्दा शरीरमा हुने विभिन्न दुखाइ सन्चो हुन्छ ।
– कुरिलो सुत्केरीका लागि पनि उपयोगी छ । यसको सेवनले दूध नआउने समस्या समाधान गर्छ ।
– कुरिलोको जरालाई बुद्धिवद्र्धक, अग्निवद्र्धक औषधिका रूपमा तथा दुर्बलता, शोक आदिको निवारकका रूपमा आयुर्वेदमा व्याख्या गरिएको छ ।
– कुरिलोको जराको चूर्ण बनाई नियमित खाएमा यौन दुर्बलता र स्तनजन्य रोगलाई फाइदा गर्छ ।
– कुरिलोको जराको धुलो दूध वा मनतातो पानीसँग मिसाएर पुरुषले सेवन गरेमा वीर्य बढ्छ ।