Monday, September 28, 2026
Home खेलकुद पाँचौं साफ महिला च्याम्पिसनसिप आजदेखि, नेपाल र भुटान भिड्दै

पाँचौं साफ महिला च्याम्पिसनसिप आजदेखि, नेपाल र भुटान भिड्दै

95

फागुन २८
विराटनगर – विराटनगरको सहिद रंगशालामा मंगलबारबाट सुरु हुने पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको ट्रफी सोमबार सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी मुलुकका कप्तानले संयुक्त रूपमा ट्रफी सार्वजनिक गर्दै उपाधिमा दाबेदारी पनि प्रस्तुत गरे। च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्स सहभागी छन्। विराटनगरमा अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित पत्रकार सम्मेलनमा ट्रफी सार्वजनिक गरिएको हो। पहिलोपटक महिला साफ आयोजनाको अवसर पाएको नेपालले प्रतियोगिता भव्य बनाउन विराटनगरस्थित सहिद रंगशालालाई नयाँपन दिएको छ।

च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै छन्। नेपालसँग भिड्नका लागि आतुर रहेको भुटानी टोलीले यसअघि नेपालसँग भएका कुनै पनि प्रतिस्पर्धामा सफलता भने पाउन सकेको छैन। घरेलु मैदान र यसअघि जित्न नसकेका कारण पनि भुटानमाथि जित निकाल्न त्यति गाह्रो नभएको नेपाली टिमको विश्लेषण छ। प्रतियोगिताको उद्घाटनपूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने तय भएको छ। नौ वर्ष अघिबाट सुरु भएको साफमा हालसम्म नेपालले तीनपटक उपविजेतामा चित्त बुझाएको छ। भारतले चारैपटक उपाधि हात पारेको छ। समूह ‘ए’मा नेपाल, भुटान र बंगलादेश छन्। ‘बी’मा श्रीलंका, माल्दिभ्स र भारत छन्।