चैत २,
भक्तपुर । भक्तपुरको दरवार स्क्वायरमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । पद्म माध्यमिक विद्यालय तथा पद्म कलेजको संयुक्त आयोजनामा शिविरको सञ्चालन भएको हो । मध्यपुर अस्पतालको प्राबिधिक सहयोगमा संचालित शिविरमा विद्यालय अध्ययनरत विद्यार्थी र भक्तपुरमा स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी समेत वितरण गरिएको छ । स्वास्थ्य शिविरमा मध्यपुर अस्पतालमा उपलब्ध हुने सबै सेवाहरु ओपिडि,...
चैत २,
काठमाडौँ । सरकारले भूमिहीन दलितका लागि एकपटक जमीन उपलब्ध गराउने कानून पारित गरे पनि हालसम्म कार्यान्वयनमा नआएकाले उनीहरुका लागि सो कानून ‘आकाशको फल आँखातरी मर’ जस्तै भएको छ । संविधानमा उल्लेखित मौलिक हक कार्यान्वयन गर्न ‘भूमिसम्बन्धी साताँै० संशोधन० ऐन, २०७५’ मा भूमिहीन दलितलाई एकपटक तोकिएबमोजिम जमीन उपलब्ध गराउने भनिएको छ । सङ्घीय संसदले पहिलो पटक संविधानको...
चैत १,
काठमाडौँ -फिल्म ‘ए मेरो हजुर ३’को ‘जिन्दगी नै भन्दिन’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । गीतमा सुहाना थापा र अनमोल केसी फिचर्ड रहेको छ भने सुगम पोखरेल र प्रविशा अधिकारीको आवाज रहेको छ ।
भिडियो हेर्नुस्https://www.youtube.com/watch?v=iLnmTe5Q2Qw अभिनेत्री झरना थापाले निर्देशन गरेको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा लेखन रहेको फिल्ममा द्वन्द्व...
चैत १
विराटनगर -नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा।शेखर कोइरालाले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले वार्ता गरेर समस्याको समाधान खोज्नुपर्ने बताउनुभएको छ । नेपाल टेलिकम वर्कर्स युनियन क्षेत्रीय समिति विराटनगरको १२औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले विगतमा मुलुकले हत्या र हिंसाबाट धेरै जनधनको क्षति व्यहोरेकाले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय विखण्डनको धार बोकेको सिके राउतसँग...
चैत १
काठमाडौँ -सरकारले आन्तरिक परीक्षामा असफल भएका र परीक्षामा भाग नलिएका अस्थायी शिक्षकलाई सुविधासहित अवकाश दिन प्रक्रिया आरम्भ गरेको छ । शिक्षा ऐनको आठाँै र नवौँ संशोधनको व्यवस्थानुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सो प्रक्रिया थालेको हो । शिक्षा ऐन, २०२८ (नवौँ संशोधन) को दफा ११ (च) को उपदफा (९) अनुसार ती...
चैत १,
डोटी -डाटीको एक स्थानीय तहले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यतायात सुविधा प्रदान गर्ने भएको छ । डोटीका पूर्वीचौकी गाउँपालिकाले यहाँ बसोबास गर्ने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भएको हो । गाउँपालिका आफैंले सञ्चालनमा ल्याएका बसमा सो सुविधा दिने निर्णय गरेको सो गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो गाउँपालिकामा रहेका...
चैत १
काठमाडौँ काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याव टेक्निसियन (नायब सुब्बा) सरोज रोका २२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । मेडिकल सेन्टर सेवा बिस्तार गर्ने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस लिएका हुन् । नियमानुसार गर्नु पर्ने काममा आलटाल गरी सेवाग्राहीसँग घुस रकम माग गरेपछि पीडितले आयोगमा उजुरी दिएर रोकालाई पक्राउ गराएका हुन् । कार्यालय परिसरबाटै उनलाई पक्राउ...
चैत १
बेइजिङ -चीनका प्रधानमन्त्री ली खछ्याङले आफ्नो मुलुकका प्रविधि कम्पनीहरुलाई विदेशमा जासुसी गर्न प्रयोग नगरिएको बताउनुभएको छ । उहाँले विदेशी र देशभित्रका प्रतिस्पर्धी कम्पनीहरुलाई समान रुपमा व्यवहार गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । वासिङ्टन र युरोपसँग प्रविधि, बजारको पहुँच तथा अरु विवादित विषयमा जारी तनाव कम गर्न चीनले उच्च नेतृत्वबाटै प्रयास गरिरहेको छ ।बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा...
चैत १
काठमाडौँ -उपप्रधानमन्त्री ईश्वर पोखरेलले लुटतन्त्र, अराजकता, आतङ्ककारी र विखण्डनकारी गतिविधिबाट देशलाई अप्ठ्यारो पार्ने सपना कसैले देखेको भए सरकार टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को काठमाडौँ जिल्ला कार्यालय उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले बम हानेर मान्छे मार्ने, हतियार पड्काउने अनि मुलुकलाई तहसनहस पार्न कुचेष्टा गरे सरकार कुनै पनि हालतमा चूप लागेर बस्न नसक्ने चेतावनी...
चैत १
काठमाडौँ -उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निरन्तर बजार अनुमगन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा उहाँले चाडबाड र केही भनसुनका आधारमा मात्रै बजार अनुगमन नगरी सबै महीना निरन्तर रुपमा बजार अनुगमन गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो ।मन्त्री यादवले भन्नुभयो, “पछिल्लो समय...



