चैत १
सिञ्जा -तातोपानी–३ का चैते दमाईंको घरमा अहिलेको ठ्याक्कै छ÷सात वर्ष पहिले मुरीमुरी धान, जौ, गहुँ, मकै, कोदो र चिनोलगायत विभिन्न अन्न बाली उत्पादन हुन्थ्यो । आफ्नो उत्पादनले झण्डै १२ जनाको परिवारलाई राम्ररी वर्ष दिन खान पुग्थ्यो । अहिले त्यति नै उत्पादनले छ महीना पनि पुग्दैन ।
उहाँले त्यति नै जग्गामा खेतीपाती गरे पनि राम्रो उत्पादन नहुँदा खाद्य सङ्कट...
चैत १,
चिप्लेढुङ्गा-सुन्दर नगरी पोखरा । नौ तालले सिङ्गारिएको पोखरा उपत्यकाको एउटा आकर्षण हो फेवाताल । यस तालमा माछापुच्छ्रे हिमालको अद्भूत दृश्य देख्न पाइन्छ । यस प्राकृतिक छटाको रसस्वादन गर्न देशभित्र र विदेशबाट थुप्रै पर्यटक पोखरा आउँछन् । प्रकृतिप्रेमीहरुले यस दृश्यको वर्णन गर्दै ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाया’ जस्ता गीत रचेका छन् ।कुमारी हिमालको नामबाट समेत...
चैत १,
काठमाडौँ -प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा दुई वटा स्थलगत अध्ययन तथा अवलोकन भ्रमणका प्रतिवेदन पेश भएका छन् । ती प्रतिवेदनमा काठमाडौँ तराई÷मधेश द्रुतमार्ग तथा हुलाकी सडक (प्रदेश नं २)का रहेका छन् । समितिका आजको बैठकमा समितिका सभापति कल्याणीकुमारी खड्काले ती प्रतिवेदनका मुख्य सुझावका अंश प्रस्तुत गर्नुभयो ।समितिका सभापति खड्काको संयोजकत्वमा समितिका सदस्यले विसं २०७५ पुस ६ र...
चैत १,
काठमाडौँ -शान्तिका लागि साझा अभियान (कोक्याप) ले नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ । (कोक्याप) ले आज विज्ञप्ति जारी गरी सो पार्टीसँग वार्ताको सार्थक प्रयास नगरिकन अकस्मात लगाइएको प्रतिबन्धले नेपाली जनता सम्भावित द्वन्द्वको त्रासमा परेको भन्दै वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेको हो । सो पार्टीले...
चैत १'
काठमाडौँ -निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ । यसअघि वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको हो । निर्वाचनले उडान मिति परिवर्तन भए पनि उडान समय तालिका भने परिवर्तन नभएको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको...
चैत १,
काठमाडौँ,-‘नेपालको पानी जनताको लगानी सबै नेपाली विद्युत्को शेयरधनी’ भन्ने नाराका साथ यही चैत ७ गतेदेखि त्रिशुली जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर बिक्री हुने भएको छ । सरकारले नेपाली नागरिकको लगानीमा नै तीन हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण गर्ने लक्ष्यका साथ उक्त कार्यक्रम लागू गरेको हो । सोही कार्यक्रमको पहिलो आयोजनाको रुपमा त्रिशुली जलविद्युत् कम्पनीको साधारण शेयर...
एजेन्सी,चैत १
काठमाडौँ -यो वर्षको नोबेल शान्ति पुरस्कारका लागि स्वीडेनकी १६ वर्षकी एक स्कुले किशोरी मनोनयनमा परेकी छन् । उनको नाम ग्रेटा थन्बर्ग हो । उनलाई अन्तर्राष्ट्रिय अभियान जलवायु परिवर्तनको क्षेत्रमा योगदान पुर्याएवापत मनोनयन सूचीमा राखिएको हो । नर्वेका तीन जना सांसदले उनलाई मनोनित गरेका हुन् ।नर्वेका सांसद फ्रेडी एन्ड्रे ओभ्स्टगार्डले एएफपीलाई भने, ‘हामीले ग्रेटा थन्बर्गलाई मनोनित गरेका छौं...
चैत १,
काठमाडौँ–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार देशमा द्वन्द्व निम्त्याउन आफैं लागि परेको बताएका छन्। नेपाल टेलिकम वर्कस युनियनको नवौं क्षेत्रीय अधिवेशनाको उद्घाटन कार्यक्रममा नेता सिंहले विप्वल नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले देशलाई द्वन्द्वतर्फ धकेलेको आरोप लगाएका हुन्। सरकारले राष्ट्रिय दलको मान्यता प्राप्त दलसँग राष्ट्रिय सुरक्षाका विषयमा छलफल गर्नुपर्ने भए पनि एकलौटी निर्णय गरेकोमा आपत्ति जनाएका...
चैत्र १,
काठमाडौँ —एउटा मोबाइलबाट अर्को मोबाइलमा फोन गर्दा ५ सेकेन्डभित्र फोन लाग्नुपर्ने नियम छ । नेपालमा चलेका दुई सेवा प्रदायक नेपाल टेलिकम र एनसेल दुवैको नेटवर्कमा फोन गरेको ५ सेकेन्डमा फोन लाग्दैन । नेपाल दूरसञ्चार प्राधिकरणले यसलाई कल स्थापित हुने समय भनेको छ । प्राधिकरणले तयार पारेको दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी नियमावलीमा कल स्थापित हुने दर ५ सेकेन्ड वा सोभन्दा कम...
चैत १
काठमाडौँ -डिल्लीबजार कारागार भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या भएको छ । विसं १९६० को दशकमा निर्माण भएको डिल्लीबजार कारागार कारागारमा विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुगेको छ । चार रोपनी क्षेत्रफलमा निर्माण भएको कारागारमा दुईवटा भवनमा कैदीबन्दी राखिँदै आएको छ । डिल्लीबजार कारागारमा महिला कैदीबन्दी भने छैनन् । काठमाडौँ जिल्लामा केन्द्रीय कारागार जगन्नाथ देवल...



