चैत ३,
विराटनगर उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्नेछ भन्नुभयो ।सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री यादवले राष्ट्रिय जनता पार्टी नेपाल सङ्घीय सरकारमा नरहेकाले समर्थन फिर्ता लिनुको कुनै...
चैत ३,
काठमाडौँ -विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ । गएको फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै गृह मन्त्रालयले उसका गतिविधिमाथि उच्च निगरानी गर्दै संलग्न व्यक्तिलाई कानूनी कारवाही थालेको हो ।सरकारले सबै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएसँगै नेपाल प्रहरी,...
चैत ३,
काठमाडौँ –नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय पार्टीमा देखिएको विवादमा सहमति जुटाउने प्रयासस्वरुप बूढानीलकण्ठस्थित निवासमा बैठक बोलाएका छन् । सोमबार बस्ने केन्द्रीय कार्य समितिलाई मध्यनजर गर्दै देउवाले पदाधिकारी, पूर्व पदाधिकारी तथा शीर्ष नेताहरुको अनौपचारिक बैठक बोलाएका हुन् ।देउवाका स्वकीय सचिव भानु देउवाले बैठकमा पार्टीको अनुशासन समिति, निर्वाचन समिति, नेविसंघको नेतृत्व चयन तथा विभाग गठन लगायतका विषयमा...
चैत ३,
काठमाडौँ सरकारले एक वर्षभित्र सबै मालपोत तथा नापी कार्यालयहरु विद्युतीय प्रणालीबाट संचालन गर्ने घोषणा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्यालले सुशासन कायम गर्न तथा सेवा ग्राहीको कामलाई छिटो, छिरितो रुपमा सम्पन्न गर्न देशभरका सबै मालपोत तथा नापी कार्यालयहरु एक वर्ष भित्र विद्युतीय प्रणालीबाट संचालन गर्ने जानकारी दिइन्।आइतबार कलंकीस्थित मालपोत कार्यालयमा शुरु गरिएको सुधारका...
चैत ३,
काठमाडौँ, दिगो विकास लक्ष्य तथा सुशासन प्रवद्र्धनका लागि राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले पहिलो चरणमा तीन वटा प्रदेशमा अनुगमन गर्ने भएको छ । त्यस क्रममा सरोकार भएका निकायसँग छलफल समेत गरिनेछ । समितिको आजको बैठकले पहिलो चरणमा प्रदेश नं १, २ र ३ मा अनुगमन एवं छलफल गर्ने निर्णय भएको सभापति तारादेवी भट्टले जानकारी दिनुभयो ।...
चैत ३
काठमाडौँ — हङकङमा जारी तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्ण पदक जितेका छन् । आइतबार भएको ३ हजार मिटर दौडमा भारत, जापान, यमन लगायतका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल एपीएफ क्लबका खेलाडी अजितले स्वर्ण जितेका हुन् । उनले निर्धारित दूरी ८ मिनेट ३०।३२ सेकेण्डमा पूरा गरे । दोस्रो स्थानमा रहेका भारतका अमित जंगजीर ८ मिनेट ३६।३४...
चैत ३
बेझाड -तीन दशकअघिदेखि लालपूर्जाको आशैआशमा निराश बनेका रामपुरवासी लालपूर्जा पाउने खबरले खुशी भएका छन् । सरकारले हालैमात्र पाल्पा रामपुर नगरपालिकाअन्तर्गतको जग्गादर्ता समिति गठन आदेश २०७५ स्वीकृत गरेपछि नगरवासीमा खुशियाली छाएको हो । जिल्लाकै उपत्यकाका रुपमा रहेका रामपुर नगरपालिकाका स्थानीयवासी जग्गादर्ता समिति गठन आदेश २०७५ सरकारले स्वीकृत गरेपछि रोकिएको लालपूर्जा पाउने खबरले उत्साहित बनेका हुन् । हालको रामपुर नगरपालिका...
चैत ३
काठमाडौँ -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटरको नाममा चौकीदार जोडेका छन् । अब ट्वीटरमा उनलाई ‘चौकीदार नरेन्द्र मोदी’का रुपमा देख्न सकिने छ । उनले मार्च ३१ देखि ‘म पनि चौकीदार’ नाममा चुनावी अभियान र टेलिभिजन कार्यक्रमसमेत सञ्चालन गर्दैछन् । आगामी अप्रिल र मेमा हुने लोकसभा निर्वाचनलाई लक्षित गरि उनले यो अभियान चलाउन लागेका हुन् ।यस्तै, भाजपा अध्यक्ष अमित...
चैत ३
जाकार्ता -इन्डोनेसियामा शनिबार राती आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्रान्तीय प्रवक्ताले आइतबार जानकारी दिनु भएको छ । अत्यधिक...
चैत ३,
विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने स्पष्ट पारेका छन्। विराटनगर विमानस्थलमा आइतबार पत्रकारसित कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, “एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो, त्यसैले अन्य मन्त्रालयमा हेरफेर हुँदैन।” प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नतिजा व्यवस्थापन महाशाखाको अनुगमनमा आधाभन्दा बढी मन्त्री कार्यसम्पादन मूल्यांकनमा कमजोर देखिएपछि मन्त्री परिवर्तन गर्न प्रधानमन्त्री ओलीले नेकपाका अध्यक्ष पुष्पकमल...

