Saturday, September 26, 2026
Home राजनीति विवाद मिलाउन देउवाले बोलाए बूढानीलकण्ठमा बैठक

विवाद मिलाउन देउवाले बोलाए बूढानीलकण्ठमा बैठक

109

चैत ३,
काठमाडौँ –नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय पार्टीमा देखिएको विवादमा सहमति जुटाउने प्रयासस्वरुप बूढानीलकण्ठस्थित निवासमा बैठक बोलाएका छन् । सोमबार बस्ने केन्द्रीय कार्य समितिलाई मध्यनजर गर्दै देउवाले पदाधिकारी, पूर्व पदाधिकारी तथा शीर्ष नेताहरुको अनौपचारिक बैठक बोलाएका हुन् ।

देउवाका स्वकीय सचिव भानु देउवाले बैठकमा पार्टीको अनुशासन समिति, निर्वाचन समिति, नेविसंघको नेतृत्व चयन तथा विभाग गठन लगायतका विषयमा छलफल हुने जानकारी दिए । अनुशासन र निर्वाचन समिति गठन सहमतिबेगर गर्नु खोजे वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले केन्द्रीय कार्यसमित बैठक नै बहिस्कार गर्ने चेतावनी दिँदै आएका छन् ।

गत विहिबार सभापति देउवानिकट नेताहरुले पनि एक चरण संवाद गरेका थिए ।