Saturday, July 4, 2026
Home Blog Page 1714
चैत ४, भीमदत्तनगर -आफूसित जग्गाधनी प्रमाण पुर्जा हुँदा पनि विगत १७ वर्षदेखि कञ्चनपुरको पुर्नवास नगरपालिकाका करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाउनुभएको छैन । उक्त नगरपालिका–४ का सुनारको करीब एक बिघाभन्दा बढी जग्गा विगत लामो समयदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय नागरिकले उपभोग गर्दै आएका छन् ।“विसं २०५८ मा खेतमा लगाएको अन्नबालीसमेत भारतीय सुरक्षाकर्मीले सङ्कलन गर्न दिएनन् ।” सुनारले...
चैत ४, सुर्खेत -प्रदेश नं ५ का बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्न व्यवसायीले जोड दिएका छन् । सुर्खेत र कोहलपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीबीच वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा व्यवसायीले कर्णाली प्रदेशको तीव्र आर्थिक विकासका लागि बाँके र बर्दियालाई कर्णालीमा गाभ्नुको विकल्प नभएको बताए ।सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष धनबहादुर रावतले शीर्ष नेताहरूको सर्मथनबिना बाँके–बर्दियालाई कर्णालीमा गाभ्ने अभियान सफल नहुने बताउनुभयो...
चैत ४, नयाँ पत्रिका, काठमाडौं,-उपकरण नै नदेखी सकिन्छ विज्ञानको पढाइ-त्रिचन्द्रमा क्षमताभन्दा तेब्बर बढी विज्ञानका विद्यार्थी भर्नात्रिभुवन विश्वविद्यालयका ६० आंगिक क्याम्पसमध्ये २४ मा विज्ञान कार्यक्रम सञ्चालित छ । तर, अधिकांश क्याम्पसमा यस विषयको पठनपाठनको अवस्था नाजुक देखिन्छ । कतिपय क्याम्पसमा प्रयोगात्मक उपकरण नै देख्न नपाई पढाइ सक्नुपर्ने अवस्था छ । क्षमताभन्दा बढी विद्यार्थी, शिक्षक अभाव, प्रयोगशाला अभाव, लापरबाहीजस्ता समस्याले विज्ञान कार्यक्रम सञ्चालित देशभरका क्याम्पसलाई...
चैत ४, दुल्लु -नयाँ मुलुकी संहिता जारी भएसँगै दैलेख जिल्ला अदालतमा मुद्दा दर्ताको चाप बढेको छ । गत आर्थिक वर्षको जिम्मेवारी सरेका ५२ मुद्दा र चालू आवको आठ महीनामा दर्ता भएका गरी २८५ मुद्दा छिन्न बाँकी भएको उक्त अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिनुभयो ।उहाँका अनुसार गत आर्थिक वर्षका जिम्मेवारी सरेका ५२ र यस वर्ष १७३ गरी २२५...
चैत ४, म्याग्दी -जिल्लाका ३१ विद्यार्थी आगामी हप्तादेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा सहभागी हुनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिरी नपुगेका कारण परीक्षाका लागि आवेदन फारम भरेकामध्ये ३१ परीक्षा दिन अयोग्य भएका जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । एकाइका प्रमुख केशवप्रसाद बुढाथोकीका अनुसार विद्यालय छाडेका र नियमित हाजिरी नभएका कारण उनीहरु परीक्षामा सामेल हुन...
चैत ४ काठमाडौँ -प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न आज बोलाइएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उक्त विषयबाहेक पार्टीको विधानअनुसार नियमावली निर्माण, सरकारका कामकारवाही, समसामयिक राजनीतिलगायत विषयमा पनि छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।यसअघि गत फागुन १४ गते बोलाइएको बैठक सभापति शेरबहादुर...
नागरिक दैनिक चैत ४, काठमाडौं । गल्फकोर्स सहित संचालनमा रहेको नेपालको चर्चित पाँच तारे गोकर्ण फरेस्ट रिसोर्ट निकै सस्तो भाडामा सरकारले निजी कम्पनी एलएम सुविर ब्रदर्शलाई संचालनको जिम्मा दिएको छ। एलएम सुविर यति होल्डिङसको भगिनी संस्था हो। यसका मालिक हुन् पर्यटनमन्त्री रविन्द्र अधिकारीसँग ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परेका आङछिरीङ शेर्पा। शेर्पाले सन् १९९५ देखि उक्त रिसोर्ट लिजमा संचालन गर्दै आएका...
नयाँ पत्रिका दैनिक चैत ४, काठमाडौं । गाडी चलाउँदा मोबाइल फोनमा कुरा गर्ने २९ हजारभन्दा बढी चालक कारबाहीमा परेका छन् । उनीहरूबाट जरिवानास्वरुप ट्राफिक प्रहरीले १ करोड ७३ लाख राजश्व उठाएको छ । यो कारबाहीमा कम्तीमा पाँच सय जरिवाना तोकिएको छ । गत आर्थिक वर्ष ०७४/७५ मा देशभर गाडी चलाउँदै गर्दा मोबाइलमा कुरा गर्ने २९ हजार ३ सय ५ चालक कारबाहीमा परेको प्रहरी...
नेपाल समाचारपत्र , चैत ४, काठमाडौँ । पदअनुरुपको आचरण नगरे विश्वविद्यालयका उपकुलपतिसहितका पदाधिकारीलाई तत्काल हटाउने गरी शिक्षा विधेयक ल्याइएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलद्वारा पेश गरिएको ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५, संघीय संसद सचिवालय सिंहदरवारमा दर्ता भइसकेको छ ।उक्त विधेयकमा सबै विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष, कुलसचिव र सेवा आयोगका अध्यक्षले आफ्नो पदअनुरुपको जिम्मेवारी इमान्दारितापूर्वक...
नेपाल समाचारपत्र चैत ४, काठमाडौ । बिप्लव माओवादीका महासचिव नेत्रबिक्रम चन्द र अर्का बरिष्ठ नेता खड्कबहादुर बिश्वकर्मालाई सुरक्षा निकायले आफुहरुको पहुच भित्र नै रहेको दावी गरेको छ । हाल सिन्धुलीमा रहनु भएका बिप्लवको गतिबिधिलाई नजिकबाट निहाली रहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफुहरुलाई प्राप्त भएको सुरक्षा उच्चस्रोतले जानकारी दिएको छ । केहीदिन देखि सिन्धुलीका कहिले बस्ती र...