Saturday, July 4, 2026
Home Blog Page 1713
चैत ४, काठमाडौँ -नयाँ शक्ति पार्टी नेपालले आठ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । मुलुकमा विकसित घटनाक्रमका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मलेनमा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले विगतमा भएका जनसङ्घर्षलाई राजनीतिक विद्रोहका रूपमा हेरिनु तर टीकापुर विद्रोहलाई आपराधिक घटनाका रूपमा व्यवहार गर्नु अन्यायपूर्ण भएको बताउनुभयो...
चैत ४ काठमाडौँ -अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक सुरक्षा कार्यक्रमलाई एउटै छानामुनि राख्ने बताउनुभएको छ । नागरिक लगानी कोषको भवन शिलान्यास तथा २९ औँ वार्षिक कार्यक्रममा उहाँले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेका सरकारका विभिन्न सङ्घसंस्थालाई एकीकृतरूपमा सञ्चालन गरिने बताउनुभयो ।‘‘सम्पूर्ण सामाजिक सुरक्षाका कार्यक्रमलाई एउटै छातामुनि ल्याएर विश्वमा अन्य मुलुकमा भएजस्तै समाजिक सुरक्षासँग सम्बन्धित परिचयपत्रदेखि समाजिक सुरक्षा भत्ता बाँड्नेसम्मको सबै...
चैत ४, काठमाडौँ -राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसदले तराई– मधेशमा भएको आन्दोलनको छानबीन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्रलालको अध्यक्षतामा गठित छानबीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिनिधिसभाको आजको बैठक पनि अवरोध गरेको छ ।सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाउनुभएको थियो । उहाँहरुबाट विरोध भएपछि सभामुख महराले राजपाका नेता...
चैत्र ४, काठमाडौँ -अजोड इन्स्योरेन्स लिमिटेड कुश्माशाखाको आयोजनामा दुई दिने तालिम सम्पन्न भएको छ । चैत्र २र ३ गते दुई दिन बाली तथा पशुपंक्षि सम्बन्धी बीमा अभिकर्ताको आधारभुत तालिम सम्पन्न भएको हो। उक्त तालिममा झन्डै ५० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमाव्यवसायको बर्तमानअवस्था र चुनौति देखि यस क्षेत्रको विकास र...
चैत ४, काठमाडौँ – चालु आर्थिक वर्षको माघ महिनासम्म सात सय ११ स्थानीय तहमा वाणिज्य बैंक शाखा पुगेको छ । अब ४२ स्थानीय तहमामात्रै बैंक पुग्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ । प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी प्रदेश १ मा एक २९ स्थानमा बैंक शाखा पुगेको छ। प्रदेश २ मा एक सय ३३, प्रदेश ३ मा...
चैत्र ४, हेटौँडा -हेटौँडा उपमहानगरपालिका–७ नागस्वतीका विभिन्न स्थानमा आइतबार रातिसम्ममा बर्ड फ्लू रोगबाट प्रभावित २६ हजार पाँच सय कुखुरा नष्ट गरी खाल्टोमा पुरिएको छ । उक्त क्षेत्रमा कृषकका २८ फार्मका ४२ हजार सात सय कुखुरा र चल्ला बर्ड फ्लू रोगबाट प्रभावित भएको जिल्ला पशुसेवा कार्यालय मकवानपुरले जनाएको छ ।काठमाडौँबाट आएको पशु चिकित्सक तथा प्राविधिकको टोलीले शनिबारदेखि प्रभावित क्षेत्रका...
चैत ४, चितवन -पूर्वीचितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बोलेरोले निपनी चोकमा आज विहान ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० कैलाशटोलका १६ वर्षीय वसन्त थापा रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ना ४ च ५००७ नम्बरको बोलेरोले रत्ननगर नगरपालिका–१० निपनी चोकमा दिएको ठक्करबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु...
चैत ४ काठमाडौँ -विभिन्न नागरिक सङ्घसंस्थाद्वारा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०लगायत असुन्तष्ट पक्षलाई विश्वासमा ल्याउँदै संवाद र समझदारीमार्फत समस्याको शान्तिपूर्ण समाधान आग्रह गरेका छन् । गैरसरकारी संस्था महासङ्घ नेपाल, सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, मानवअधिकार एलाइन्स, काहुुराष्ट नेपाल र खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपाललगायतका सङ्घसंस्थाले आज विज्ञप्ति जारी गरी विप्लव नेतृत्वको ९नेकपा०को पछिल्लो पटकका...
चैत ४ प्यूठान -प्यूठानमा विप्लव समूहका एक कार्यकर्ताले आमरण अनसन थनलेका छन् । कारागारले आस्थाका बन्दी’को व्यवहार नगरेको भन्दै विप्लव कार्यकर्ता पदम पोखरेल अनसन बसेका हुन् । उनलाई केही दिनअघि मात्र प्रहरीले पक्रेको थियो । आस्थाको बन्दी भए पनि प्रहरीले अपराधीलाई जस्तो व्यवहार गरेकाले ३६ घण्टादेखि अनसनमा रहेको बताएका छन् ।उनले पार्टीका कुनै पनि गतिविधिमा संलग्न नहुँदा-नहुँदै पनि...
चैत ४, जाकार्ता -इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ । यस घटनामा १ सय १६ जना घाइते भएका र उद्धारको प्रयास जारी रहेको एक स्थानीय अधिकारीहले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । खोजी र उद्धार कार्य जारी रहेका युदी यान्टो जिल्लामा रहेको उद्धार कार्यलयका प्रवक्ता...