हिरासत भित्रै विप्लव कार्यकर्ताको अनसन

80

चैत ४
प्यूठान -प्यूठानमा विप्लव समूहका एक कार्यकर्ताले आमरण अनसन थनलेका छन् । कारागारले आस्थाका बन्दी’को व्यवहार नगरेको भन्दै विप्लव कार्यकर्ता पदम पोखरेल अनसन बसेका हुन् । उनलाई केही दिनअघि मात्र प्रहरीले पक्रेको थियो । आस्थाको बन्दी भए पनि प्रहरीले अपराधीलाई जस्तो व्यवहार गरेकाले ३६ घण्टादेखि अनसनमा रहेको बताएका छन् ।

उनले पार्टीका कुनै पनि गतिविधिमा संलग्न नहुँदा-नहुँदै पनि आफूलाई नियन्त्रणमा लिएको गुनासो गरेका छन् । हिरासतका बन्दीलाई हुनुपर्ने न्यूनतम व्यवहारसमेत नभएको उनको गुनासो छ । तर, प्यूठान प्रहरी प्रमुख डीएसपी निर्मल बुढाथोकीले भने आरोप अस्वीकार गरे । हिरासतका अन्य कैदी सरह नै उनीहरुलाई सेवा-सुविधा दिएको बुढाथोकीको भनाइ छ ।