Friday, September 25, 2026
Home राजनीति पार्टीको नाम ‘जनमत पार्टी’ राखियो, राउतको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय समिति गठन,

पार्टीको नाम ‘जनमत पार्टी’ राखियो, राउतको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय समिति गठन,

673

चैत ४
सिराहा -सिके राउतको पार्टी (स्वतन्त्र मधेस गठबन्धन) को नाम परिवर्तन भएको छ । सिराहामा सोमबार सम्पन राष्ट्रिय परिषद बैठकले राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको छ ।
लाहानमा सम्पन्न दुई दिने बैठकले जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिसमेत निर्वाचित गरेको छ । पार्टीको अध्यक्षमा डा। सिके राउत रहेका छन् भने ३४ जना सदस्य छन् । बैठकले सरकारसँग भएको ११ बुँदे सहमतिलाई स्वागत गर्दै ‘ऐतिहासिक तथा मधेसी जनताका लागि अभूतपूर्व’ सहमति भनेको छ ।