Home Blog Page 1708
चैत ७, काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुई मैत्रीपूर्ण खेल खेल्न कुबेत पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्न लागेको हो । नेपाल पहिलो खेल जित्ने लक्ष्यसहित मैदान उत्रदै छ । नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेयता योहान कालिनको यो पहिलो हो ।खेलअघि आयोजित पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक कालिनले...
चैत ६, काठमाडौँ -भारतमा हुने बाह्रौ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य एवं लेग स्पिनर सन्दीप लामिछाने आज त्यसतर्फ प्रस्थान गरेका छन् । यही चैत ९ गतेदेखि भारतका विभिन्न ठाउँमा शुरु हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन सन्दिप जेट एअरवेजबाट दिल्ली प्रस्थान गरेका हुन् । सन्दिपको टिम दिल्ली क्यापिटल्सले आफ्नो पहिलो खेल यही चैत १०...
चैत ६, काठमाडौँ -प्रिमनसुनको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली हँुदा आज पनि मुलुकका पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षा हुने देखिएको छ । दिउँसो घाम लाग्ने र साँझ पुनः बदली भई क्षणिक मेघ गर्जनसहित छिटफुट वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लामो समयसम्म ठूलो वर्षा भने नहुने तथा बिहीबार र शुक्रबार पनि मौसममा...
चैत ६, काठमाडौँ -काठमाडौँका मुख्य सडक पेटीमा बिहानदेखि खुद्रा व्यापारीको चहलपहल शुरु हुन्छ । पैदल यात्रु र सवारी साधन चढ्ने र ओर्लनेको जम्काभेट पनि सडकपेटीमै हुन्छ । त्यही क्रममा खुद्रा पसलमा सामग्री किन्ने मोलमोलाई गरिरहेका हुन्छन् ।व्यापारी भने कतिबेला काठमाडौँ महानगरपालिकाका नगर प्रहरी आउलान् भनी त्रसित हुँदै भाग्न र लुक्नका लागि तयार हँदै व्यापारमा ध्यान दिइरहेका देखिन्छन् । यो...
चैत ६, काठमाडौं–नेपाली काँग्रेसका महामन्त्री डा।शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा पुनः वकालत गरेका छन् । बुधबार काठमाडौंको टोखास्थित आफ्नै निवासमा होलीको अवसर पारेर आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।काँग्रेस महामन्त्री कोइरालाले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने प्रस्ताव अघि सारे । धेरैजसो हिन्दु धर्मालम्बीहरुले सांसदमा निर्वाचित गराएकाले पनि...
चैत ६, पर्वत -लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाको रूपमा परिचित पर्वत जिल्लामा अब फेरि दक्षिण एशियाकै लामो झोलुङ्गे पुल निर्माणको काम शुरु भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको अदुवाबारीबाट बागलुङको बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने गरी ५६७ मिटर लामो पुल निर्माणको काम शुरु भएको हो ।कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको उक्त पुलको उचाइ १६२ मिटर रहने छ ।...
चैत ६, काठमाडौँ फागुन १० गते बेलुका नख्खुस्थित एनसेल कार्यालय अगाडि र सोही दिन साँझ काठमाडौंकै कमलपोखरी लोत्सेचोकको आगन मिठाई पसलमा बम विष्फोट गर्ने कार्यमा संलग्न आरोपित थप चार व्यक्ति पक्राउ परेका छन्। घटनामा संलग्न ३० वर्षीय नुम बहादुर बि‌क र ३१ वर्षीय डिकेन्द्र राईलाई प्रहरीको विशेष टोलीले मंगलबार बेलुका काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। ३३ वर्षीय शिव...
चैत ६, सियोल –दक्षिण कोरियाको दोस्रो सर्वाधिक विनाशकारी भूकम्प अनुसन्धानात्मक भूतापीय ९जियोथर्मल० प्लान्टका कारण भएको वैज्ञानिक अनुसन्धानबाट देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०१७ मा गएको उक्त भूकम्पले दक्षिणपूर्वी शहर पोहाङमा ठूलो क्षति पुगेको थियो ।सरकारी अग्रसरतामा गठित स्वदेशी र विदेशी विज्ञहरुको समितिले सन् २०१७ को नोभेम्बर १५ मा गएका ५.४ म्याग्नीच्यूडका भूकम्पहरु ऊर्जा उत्पादनका लागि भूतापीय प्लान्टको...
चैत ६, काठमाडौँ -सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्र र प्रदेशका सरकार गठन भएको एक वर्ष पूरा भएकाले यसबीचका कामको समीक्षा गरेर मन्त्रिमण्डलमा हेरफेर गर्नुपर्ने बताउनुभएको छ ।¬क्याक्स्टन मिडिया प्रालिले सञ्चालनमा ल्याएको ‘पब्लिक न्यूज एजेन्सी¬’ को शुभारम्भ कार्यक्रमपछि सञ्चारर्कीको जिज्ञाशामा नेता नेपालले भन्नुभयो, “यसबीचको कामको मूल्याङ्न गर्ने समय आएको छ । एक वर्ष बितेकाले...
चैत ६, काठमाडौँ -राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरतसिंह भण्डारी चुनिनुभएको छ । राजपाको हरेक दुई महीनामा संयोजक फेरिने प्रावधानअनुसार भण्डारी संयोजक बन्नुभएको हो ।राजपा अध्यक्ष मण्डलको यही गत फागुन २९,३० र चैत १ गते बसेको बैठकले भण्डारीलाई चैत ६ देखि संयोजक बनाउने निर्णय गरेबमोजिम नेतृत्व दिइएको राजपाका महासचिव केशव झाले जानकारी दिनुभयो ।विसं २०७४...