Tuesday, September 22, 2026
Home समाचार नख्खुस्थित एनसेल कार्यालय अगाडि बम विष्फोट गराउने चार जना पक्राउ

नख्खुस्थित एनसेल कार्यालय अगाडि बम विष्फोट गराउने चार जना पक्राउ

227

चैत ६,
काठमाडौँ फागुन १० गते बेलुका नख्खुस्थित एनसेल कार्यालय अगाडि र सोही दिन साँझ काठमाडौंकै कमलपोखरी लोत्सेचोकको आगन मिठाई पसलमा बम विष्फोट गर्ने कार्यमा संलग्न आरोपित थप चार व्यक्ति पक्राउ परेका छन्। घटनामा संलग्न ३० वर्षीय नुम बहादुर बि‌क र ३१ वर्षीय डिकेन्द्र राईलाई प्रहरीको विशेष टोलीले मंगलबार बेलुका काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। ३३ वर्षीय शिव धिमाल र ३३ वर्षीय विशाल तामाङलाई भने प्रहरीले काभ्रे जिल्लाको रोसी गाउपालिका २ काफलडाँडाबाट मंगलबार साँझ पक्राउ गरेको हो नख्खुमा भएको विस्फोटमा एक जनाको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए । कमलपोखरीमा भएको बम बिष्फोटनमा तीनजना घाइते भएका थिए ।