Home Blog Page 1709
६ चैत विराटनगर– श्रीलंकालाई फराकिलो अन्तरले पराजित गर्दै नेपाल पाँचौ साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बुधबार विराटनगरस्थित शहीद रंगशालामा भएको सेमीफाइनल खेलमा श्रीलंकालाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। नेपालका लागि पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी, रेखा पौडेलले समान एक गोल गरे।नेपाल अब शुक्रबार हुने फाइनलमा डिफेन्डिङ च्याम्पियन भारत अथवा बंगलादेशको...
चैत ६ काठमाडौँ सिङ्गापुरमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकपको एशिया छनोटको अन्तिम चरणको खेल तालिका आज सार्वजनिक भएको छ । आइसिसीले सार्वजनिक गरेको एशिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६ गतेदेखि १२ गतेसम्म सिङ्गापुरमा हुने भएको हो ।एशिया छनोटको फाइनल चरणको प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी कतार परेको छ । नेपालले कतारसँग आगामी साउन ७ गते खेल्नेछ । त्यस्तै...
चैत ६, काठमाडौँ -विजयको प्रतीकको रुपमा मनाइने परम्परा रहेको होली काठमाडौँ उपत्यकालगायत हिमाली र पहाडी क्षेत्रमा धुमधामका साथ एक–अर्कामा रङ दलेर मनाइँदैछ । तराईका जिल्लामा भने भोली होली मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।बुधबार बिहानैदेखि उपत्यकामा बालबालिका तथा युवा सेतो टिसर्टमा...
चैत ५, काठमाडौँ -सोमबार जस्तै आज पनि धितोपत्र बजारमा शेयरको मूल्यमा ६.८३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार घटेर एक हजार १४७.१५ विन्दुमा पुगेको छ ।यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५७ विन्दुले घटेर २४३.९७ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोवार रकममा समेत कमी आएको छ । कूल १५८ कम्पनीको पाँच...
चैत ५ काठमाडौं -धुर्मुस–सुन्तली फाउन्डेशनले यही चैत्र २३ गते काठमाडौंमा ‘मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ संस्थापक रहेको धुर्मुस–सुन्तली फाउन्डेशनले चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने कार्यमा थप आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ सो प्रतियोगिता आयोजना गर्न लागेको हो । फाउन्डेशनले मंगलबार काठमाडौंमा पत्रकार...
चैत ५, सिरहा -स्वतन्त्र मधेसको मुद्दा छाडेर मूलधारको राजनीतिमा आएपछि सीके राउतप्रतिको ‘क्रेज’ घट्दै गएको देखिएको छ। सिरहाको लहानमा आइतबार र सोमबार स्वतन्त्र मधेस गठबन्धनको दुईदिने राष्ट्रिय परिषद् बैठकपछि राउत नेतृत्वमा जनमत पार्टी गठन भएको छ।मंगलबार बिहान १० बजे लहानमा राउतको स्वागत र्‍याली र नागरिक अभिनन्दन गरिने प्रचारप्रसार गरिएको थियो। तर, न त नागरिक अभिनन्दन भयो न पहिले...
चैत ५, बर्लिन -जर्मनीले अति तीव्र गतिको पाँचौं पुस्ताको दूरसञ्चार नेटवर्क (फाइभ–जी) को फ्रिक्वेन्सी लिलामीमा राखेको जनाएको छ । सरकारी अधिकारीहरुले उक्त फ्रिक्वेन्सी खरिदमा राखेका शर्तहरु तथा चीनको हुवावे कम्पनीले उपकरण आपूर्ति गर्न पाउने वा नपाउने भन्ने बारेमा स्पष्ट नपारेको भन्दै कम्पनीहरुले विवाद खडा गरेका छन् ।मङ्गलबार शुरु भएको फ्रिक्वेन्सी लिलामी केही हप्तासम्म खुला रहने छ र यसबाट ३...
चैत ५, काठमाडौँ -निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो १२औँ जहाज ‘एटीआर ७२–५००’ भित्र्याएको छ । फ्रान्सको टुलुजस्थित एटीआर कम्पनीबाट खरीद गरिएको नाइन एन एएमवाई कलसाइन रहेको उक्त जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।थपिएको जहाजसहित बुद्धका १० एटीआर जहाज भएका छन् । सात एटीआर ७२–५००, तीन एटीआर ४२–३२० र दुई बीचक्राफ्ट १९००...
चैत ५, काठमाडौँ -नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । यही चैत दुई गते ‘इण्डियन आयल कर्पोरेशन ९आइओसी०’बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ नौ पैसा वृद्धि र डिजेलमा प्रतिलिटर १२ पैसा घटेर आएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । अहिले काठमाडौँमा पेट्रोलको...
चैत ५, काठमाडौँ -काठमाडौँ महानगरपालिकाले आगामी शुक्रबारदेखि नयाँ बु्रमर (यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ । अघिल्लो सोमबार इटलीबाट काठमाडौँ आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलो पटक रत्नपार्कमा प्रयोग गर्न लागिएको कामपाले जनाएको छ ।अहिले ती ब्रुमर सञ्चालन गर्न चालक र सहचालकलाई तालीम दिने कामसँगै पाटपुर्जा जडानका क्रममा रहेको प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । उहाँका अनुसार...