चैत १५
काठमाडौँ – प्रदेश-२ मा लगातार एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले देशभरको प्रश्नपत्र ४ घन्टाभित्र रुजु गर्न निर्देशन दिएको छ ।
प्रदेश -२ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको थियो ।
मुलुकभरका १ हजार ९ सय ६९ वटै परीक्षा केन्द्रका लागि पठाएका प्रश्नपत्र जिल्ला परीक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वा उसले तोकेको अधिकारीको रहोबरमा जाँच गर्ने निर्णय गरेकाे हो। देशभरका सबै परीक्षा केन्द्रका लागि पठाएका प्रश्नपत्र नजिकको प्रहरी चौकीमा राखिएका छन्। साँझ ६ बजेसम्म पश्नपत्रको सुरक्षा अवस्था जाँच सकेर सुरक्षा समितिकाे बैठक पुनः बस्नेछ। उक्त बैठकले थप निर्णय लिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए। परीक्षाको सुरक्षा व्यवस्थापनका लागि शिक्षा सचिवको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति रहने व्यवस्था छ।शिक्षामन्त्री गिरिाजमणि पोखरेलको निर्देशनमा शुक्रबार दिउँसो बैठक बसेक हाे।
प्रदेश २ मा बिहीबार र शुक्रबार प्रश्नपत्र बाहिरिएको बारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले अनुसन्धान गर्ने भएको छ। प्रदेश २ मा बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको थियाे ।सामाजिक सञ्जालबाट प्रश्नपत्र बाहिरिएकाे भेटिएपछि अनुसन्धानका लागि सिआइबीको टोली पठाएको हो।
प्रश्नपत्र बाहिरिए राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रदेश २ मा शुक्रबारको एसईई परीक्षा समेत रद्द गरेको छ । परिक्षा स्थगित भएपछि परीक्षार्थी आक्रोशित भएका छनु । आक्रोशित परीक्षार्थीले विभिन्न ठाउँमा प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण वीरगन्ज शुक्रबार तनावग्रस्त समेत बनेको छ।