एसिड आक्रमण पछि दीपिका पादुकोणको यस्तो रुपमा

102

एजेन्सी, चैत १५,
नयाँदिल्ली -बलिउडस्टार दीपिका पादुकोण एउटा नयाँ फिल्ममा फरक चरित्रको रुपमा देखिएकी छन् । एसिड आक्रमण गरिएकी युवतीको रुपमा उनलाई चित्रण गरिएको छ ।

जसलाई लिएर दीपिकाको पनि प्रसंशा हुन थालेको छ । उनका ‘को एक्टर’विक्रान्त मासेले पनि दीपिकाको नयाँ भूमिकामा मिलेर काम गर्न पाउँदा नयाँ अनुभव भएको टिप्पणी गरेका छन् ।

नयाँ फिल्म ‘छप्पाक’मा दीपिका एसिड आक्रमणबाट बाँचेर सामाजिक अभियानमा सक्रिय युवतीको रुपमा देखिएकी हुन् । मेघना गुलजारको निर्देशनमा बनेको उक्त फिल्ममा युवतीको कथामार्फत महिला मुद्दा देखाइएको भारतीय मिडियाले जनाएका छन् ।

त्यसो त, हलिउडमा समेत काम गरिसकेकी दीपिकाको अनुहारमा एसिड आक्रमणपछिको अवस्था चित्रण गरिएको छ । यस्तो अनुहारको तस्बिरलाई उनका प्रसंशकले पीडित महिलाको पक्षमा अभिनय गरेको भनी समर्थन गरेका छन् ।