Wednesday, July 8, 2026
Home Blog Page 1667
चैत २५, काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित नेता बुद्धिमान तामाङ,दिपक बोहोरालाई पूहरीले नियन्त्रणमा लिएको छ । हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै राप्रपाले सोमबार प्रदर्शनीमार्गमा प्रदर्शन गर्दै राजधानीको पद्मोदय मोडबाट अध्यक्ष थापासहित नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।स्रोतका अनुसार प्रदर्शनका क्रममा राप्रपाका नेता–कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको...
चैत २५ काठमाडौं -राजधानीको बसुन्धारामा सकेट बम फेला परेको छ। कल्चर सेन्टरको कार्यलयमा उक्त बम फेला परेको महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। सोफामुनि भेटिएको उक्त बम नेपाली सेनाले डिस्पोज गरिरहेको छ। प्रहरीले कल्चर सेन्टरका संचालक प्रकाश सुवेदी सहित ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको समेत डिएसपी बोगटीले बताए।
चैत २५, काठमाडौँ -उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारले खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह गर्नुभएको छ । समायोजनमा असहमति राख्दै आन्दोलनमा उत्रेका सरकारी चिकित्सकलाई सो आग्रह गर्दै उहाँले भन्नुभयो, “सर्वप्रथम खटाएका ठाउँमा जानुहोस्, स्वास्थ्यसेवा पु¥याउनुहोस् यसपछि तपाईलाई पर्ने समस्या मन्त्रालयले सुन्छ र समाधान गर्छ । ”नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजानिक गरेका विभिन्न प्रतिवेदन आज यहाँ सार्वजानिकपछि सञ्चारकर्मीको...
चैत २५, काठमाडौँ कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमती जुटाउन सोमबार आफ्नै निवासमा पदाधिकारी बैठक राखेका छन् । पदाधिकारी बैठकमा विभाग गठन सम्बन्धमा छलफल भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । पार्टीको नयाँ विधानअनुसार २८ केन्द्रीय विभाग छन् । तेह्रौँ महाधिवेशन सम्पन्न भएको तीन वर्ष पुगिसक्दा पनि हालसम्म केन्द्रीय विभाग गठन हुन सकेको छैन्...
चैत २५, एजेन्सी, वासिङ्टन -अमेरिकी गृहमन्त्री किर्स्ट्जेन निल्सनले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रहरूबाट मेक्सिकोको सीमा हुँदै आप्रवासीको अमेरिका प्रवेशलाई रोक्न पर्याप्त कदम नचालेको भन्दै आलोचना गरेसँगै निल्सनले राजीनामा दिएकी हुन्।‘जिम्मेवारीबाट बाहिरिने अहिले सबभन्दा उत्तम समय हो भन्ने मैले ठानेकी छु,’ निल्सनको अवकाशपत्रमा उल्लेख छ,‘अब नियुक्त हुने मन्त्रीलाई कङ्ग्रेसको पूर्ण समर्थन रहने र आप्रवासीका सम्बन्धमा देखिएका...
चैत २५, एजेन्सी, टोकियो– जापानका प्रधानमन्त्री शिन्जो आबेले यसै महिना संयुक्तराज्य अमेरिका, क्यानाडा र फ्रान्सको भ्रमण गर्ने भएका छन् । जापानले यसै वर्ष औद्योगिक राष्ट्रहरुको समूह (जी–२०)को बैठक गर्दैछ । आगामी अप्रिल २२ देखि २९ सम्म हुने यस भ्रमणका क्रममा प्रधानमन्त्री आबेले इटाली, बेल्जियम र स्लोभाकियाको पनि संक्षिप्त भ्रमण गर्नुहुने जापानको विदेश मन्त्रालयले जनाएको छ ।भ्रमणका क्रममा उनले अमेरिका...
चैत २५,एजेन्सी जलालावाद– अफगानिस्तानको पूर्वी शहर जलालाबादमा सोमबार भएको एक बम आक्रमणमा परी कम्तीमा एक प्रहरीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् ।प्रान्तीय महिला विभाग नजिकै गुडिरहेको एक भ्यान विस्फोटक पदार्थसँग ठोक्किँदा सो घटना भएको थियो । प्रान्तीय महिला विभाग र आरियाना विश्वविद्यालय नजिकैको स्थानमा पर्ने उक्त इलाकामा भएको यो विस्फोटन स्थानीय समय अनुसार सोमबार बिहान...
चैत २५, जुम्ला –चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको छ । नगरपालिका २ र ३ वडामा रहेको ढाणथपला सामुदायिक वन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको हो ।जथाभावी फूल टिप्दा हाँगा भाँचिएर गुराँसको रुख सुक्ने खतरा बढेकाले फूल टिप्न प्रतिबन्ध गरिएको ढाणथपला सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर सार्कीले बताए । उनले भने, “गुराँस फुल्ने क्षेत्र सदरमुकाम खलङ्गादेखि झण्डै आधा घण्टाको...
चैत २५, लहान– माध्यमिक शिक्षा परीक्षा (एसइई) मा भाइको स्थानमा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई सिरहाको मिर्चैयास्थित परीक्षा केन्द्रबाट पक्राउ गरिएको छ ।मिर्चैया नगरपालिका–५ स्थित मोहन मावि परीक्षा केन्द्रमा भाइको नाममा एसइई परीक्षा दिइरहेको अवस्थामा कल्याणपुर नगरपालिका–५ निवासी १९ वर्षीय अमनकुमार गोइतलाई पक्राउ गरिएको हो । गोपाल सर्युग नायक जनता मावि भेडियाबाट परीक्षा दिन आएका १७ वर्षीय पिकंकुमार गोइतको नाममा परीक्षा...
चैत २५, काठमाडौँ–मलेसियाको सेपाङ भन्ने ठाउँमा आइतबार राती यात्रुबाहक बस दुर्घटना हुँदा २ नेपाली सहित ११ जनाको मृत्यु भएको छ । बसमा सवार ४३ यात्रु मध्ये १४ जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । अन्य १२ जना नेपाली घाईते भएका छन् ।मृत्यु हुने रामु चौधरी र जागरनाथसिंह दनुवार नेपालीका रहेका छन् । उनीहरुको नेपालको ठेगाना...