Wednesday, October 28, 2026
Home ताजा अपडेट मलेसियामा बस दुर्घटना हुँदा २ नेपालीको मृत्यु, १२ घाइते (नामावलीसहित)

मलेसियामा बस दुर्घटना हुँदा २ नेपालीको मृत्यु, १२ घाइते (नामावलीसहित)

117

चैत २५,
काठमाडौँ–मलेसियाको सेपाङ भन्ने ठाउँमा आइतबार राती यात्रुबाहक बस दुर्घटना हुँदा २ नेपाली सहित ११ जनाको मृत्यु भएको छ । बसमा सवार ४३ यात्रु मध्ये १४ जना नेपाली रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । अन्य १२ जना नेपाली घाईते भएका छन् ।

मृत्यु हुने रामु चौधरी र जागरनाथसिंह दनुवार नेपालीका रहेका छन् । उनीहरुको नेपालको ठेगाना खुल्न बाँकी रहेको छ । यस्तै दुर्घटनामा घाइते हुने नेपालीमा केशव थापा, लोकेश ओली, कृष्ण बहादुर पुन मगर, भरत शाही, पदम बहादुर कुँवर, सन्तोषकुमार शाह, सुमन काउचा मगर, सन्तोष कुमार यादव, लोकेन्द्र शहादुर शाही, सुरज यादव, महेश कुमार बुढाथोकी र विश्वकर्मा मण्डल रहेका छन् । उनीहरुको पुत्राजय अस्पताल, सेरडाङ अस्पताल र बान्तिङ अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा नेपालीबाहेक बंगलादेशी, म्यानमार र मलेसियन नागरिक समेत रहेको बताइएको छ । १४ नेपाली कामदारसहित ४३ जना यात्रु बोकर मास कार्गो नामक कार्गो कम्पनीमा कामदार पुर्याउन जाँदा आइतबार राती ११ बजेर १० मिनेटमा उक्त बस दुर्घटना भएको हो ।