राप्रपा अध्यक्ष कमल थापासहित ३ नेता गिरफ्तार

251

चैत २५,
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित नेता बुद्धिमान तामाङ,दिपक बोहोरालाई पूहरीले नियन्त्रणमा लिएको छ । हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै राप्रपाले सोमबार प्रदर्शनीमार्गमा प्रदर्शन गर्दै राजधानीको पद्मोदय मोडबाट अध्यक्ष थापासहित नेता कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्रोतका अनुसार प्रदर्शनका क्रममा राप्रपाका नेता–कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।