Wednesday, July 8, 2026
Home Blog Page 1668
चैत २५, काठमाडौँ -ह्वावेको पी ३० सिरिज अन्तर्गतका स्मार्टफोनहरू नेपालमा सार्वजनिक गरिएको छ। ह्वावेको पी ३० सिरिजका स्मार्टफोनहरू– ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र ह्वावे पी ३० लाईट सार्वजनिक गरिएको हो। नेपाली बजारमा ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र ह्वावे पी ३० लाईट स्मार्टफोनको ब्रिक्री चैत्र २९ बाट सुरू हुँदैछ।त्बतब ल्भहअयल ब्ःत्ह्वावे पी...
चैत २५,बीबीसी, काठमाडौं -पाकिस्तानले आफूमाथि भारतले यो महिनाभित्र सैन्य आक्रमण गर्ने योजना बनाइरहेको ‘विश्वसनीय सूचना’ पाएको दाबी गरेको छ। उक्त भनाइलाई भारतले भने पाकिस्तानको ‘युद्ध उन्माद’ भनेर प्रतिक्रिया दिएको छ।पाकिस्तानका विदेशमन्त्री महमुद कुरेशीले आफूहरूसँग भारतीय योजनाबारे गुप्त सूचना भएको आइतवार बताएका थिए। गत फेब्रुअरीमा भारत–प्रशासित कश्मीरको पुलवामामा ४० जनाभन्दा बढी अर्धसैनिकहरूको ज्यान जानेगरी एउटा आत्मघाती आक्रमण भएपछि दुई देशबीच तनाव...
चैत २५, काठमाडौँ गाडीमा अव नक्कली वा म्याद गुज्रिएका परिचय पत्र देखाए का।वाही हुने भएको छ । साथै गाडीभित्र फोहर गरे, अश्लील शब्द वा चित्र कोरेको पाएमा समेत सो कार्य गर्ने व्यक्ति कारवाहीको भागेदार हुनेछ । सार्वजनिक यातायातमा यात्रा सुरक्षित र व्यवस्थित नभएको गुनासो वर्षौंदेखि हुँदै आईरहेको छ । त्यसकारण कानुन नै बनाएर त्यसलाई थप व्यवस्थित गर्ने प्रयास काठमाडौं उपत्यकाबाट...
चैत २५, काठमाडौँ -दैनिक घन्टौसम्म छोराछोरी मोबाइल ग्याममा रमाउन थालेपछि अभिभावक आजित भएर प्रहरी गुर्हान पुगेका छन्। आधुनिक बन्दुक प्रयोग गरेर युद्ध खेल्ने भिडियो गेम प्लेयर अन्नोन ब्याटल ग्राउन्ड (पब्जी) मै मात्र छोराछोरीले ध्यान दिन थालेपछि राजधानीका केही अभिभावकले प्रहरीसँग गुहार मागेका हुन्। पब्जीकै कारण राति सुत्दा बच्चा भर्भराउने समस्या डरलाग्दो रुपमा देखिएपछि यसलाई गेम बन्द गराउन माग गर्दै अभिभावक...
चैत २५, काठमाडौँ -नेपालका लेग स्पिनर सन्दीप लामिछानेले टी–२० क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । पछिल्लो एक वर्ष अन्तर्राष्ट्रिय फेन्चाइज लिग खेलिरहेका उनी अहिले इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सबाट खेलिरहेका छन् । १९ वर्षीय लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बलरसमेत हुन् ।सन्दीपको विश्व टी–२० क्रिकेटमा यात्रा गत वर्षको आइपीएलबाटै भएको हो । उनले गत वर्ष...
मोडल । खोटाङ, सिम्पानीकी अनीता गिरीले फिल्म ‘रोज’ मा अभिनेत्री पारमिता राणाको साथीको भूमिकामा अभिनय गरेकी छिन् । केही म्युजिक भिडियो र फेसन सोमा काम गरेकी उनी अहिले फिल्म ‘तिमी नहुँदा’ मा पनि मुख्य अभिनेत्रीकै साथीको भूमिकामा छिन् । अभिनेत्री बन्ने लक्ष्य लिएकी उनले भर्खरै एसईई परीक्षा दिएकी छिन् । पढाइ बीचैमा छोडेर मोडलिङमा लागेकी थिइन् । ‘अब पढाइलाई...
फलफुल । स्याउ हरेक मौसममा सजिलै उपलब्ध हुने स्वादिष्ट फल हो । यो स्वास्थ्यका दृष्टिले पनि लाभदायी हुन्छ । स्याउ नियमित खाएमा हाम्रो शरीरमा आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ । खासगरी, ब्रेकफास्टका रूपमा खानु उपयुक्त मानिन्छ । स्याउ बोक्रासहित खानु अनिवार्य छ । ब्रोका निकालेर खाँदा पोषक तत्व निस्केर जान्छ ।फाइदा-स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ । स्याउमा...
नयाँ पत्रिका चैत २५, काठमाडौं । नौ वर्षअघि विमानस्थलको स्टेराइज्ड क्षेत्रमा कफीसप सञ्चालन गर्न दिने निर्णय हँुदा निकै विवाद भयो । विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा निजी कफीसप चल्न दिनु सुरक्षाको दृष्टिकोणले गलत भएको सुरक्षा अधिकारीहरूको विश्लेषण थियो । तर, उच्च राजनीतिक दबाबका अगाडि उनीहरूको केही लागेन । कफी पसलको आवरणमा त्यहाँबाट अवैध धन्दा हुने गरेको आशंका धेरैले गर्दै आएका थिए । जुन शुक्रबार पुष्टि...
नयाँ पत्रिका चैत २५, भक्तपुर । भूकम्पपछि निजी आवास पुनर्निर्माणका लागि सरकारले तोकेको समय सकिन लागेको छ । तर, भक्तपुरमा भूकम्पपीडितको लाभग्राही सूचीमा दर्ता भएकामध्ये एकचौथाइले मात्रै घर निर्माण गरेर अनुदान लिएका छन् । पहिलो किस्ता बुझेका १६ हजारभन्दा बढी परिवारले अझै घर बनाउन थालेका छैनन् । भक्तपुरमा २८ हजार तीन सय आठ परिवार लाभग्राहीको सूचीमा थिए । तीमध्ये तीन हजार ९८२ ले...
नयाँ पत्रिका चैत २५, काठमाडौं । कर्मचारी समायोजनको विरोधमा चिकित्सकले गरेको आन्दोलनका कारण सरकारी अस्पतालका आपत्कालीनबाहेक सबै सेवा बन्द छन् । अस्पतालको ओपिडी मात्र होइन, महिनौँअघि तय भएका अप्रेसन पनि रोकिएका छन् । कर्मचारी समायोजनका क्रममा सरकारले डाक्टरलाई संघ, प्रदेश र स्थानीय तहमा खटाएको छ । तर, प्रदेश र स्थानीय तहको दरबन्दीमा जान डाक्टरहरूले अस्वीकार गरेका छन् । संघीय सरकारअन्तर्गत नै राखेर आफूहरूलाई...