चैत २७,
काठमाडौँ –स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको मन्त्रालयका सहसचिव डा विकास देवकोटाले जानकारी दिनुभयो । हाल मन्त्रालयले हरेक प्रदेशमा कम्तीमा एक मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाएको छ ।यसैगरी चालू आर्थिक वर्षमा एक हजार २०० वडामा स्वास्थ्य चौकी भवन, ६४० स्थानीय तहमा १५...
चैत २७,
काठमाडौँ -न्यायपरिषदले उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका १८ मध्ये १७ जना न्यायाधीशले सपथ लिएका छन् ।बुधबार बिहान ११ बजे सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको उपस्थितीमा पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले शपथ खुवाएका हुन् । उनीहरुलाई एक साताअघि न्यायपरिषदले नियुक्तिको सिफारिस गरेको थियो । सर्वोच्चको पाँच र उच्च अदालतको १८ न्यायाधीश नियुक्तिको सिफारिस प्रति चौतर्फी विरोध भएको...
चैत २७,
काठमाडौँ -मंगलबार राति सवा ८ बजे काठमाडौंको तीनकुनेमा एनसीसी बैंकको एटीएम मेसिन फोडेर रकम चोर्न खोज्ने युवक पक्राउ परेका छन् ।बैंकको तीनकुने शाखा कार्यालयको एटीएम मेसिन फोडेर रकम चोरी गर्न लागेको अवस्थामा रामेछाप घर भई काठमाडौं महानगरपालिका ३२ बस्ने १८ बर्षीय विशाल तामाङ पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट एटीएम मेसिन फुटाउन प्रयोग गर्ने एउटा हतौंडा, फलामको...
चैत २७,
काठमाडौँ -केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ का लागि करिव ५ अर्ब रुपैयाँ आवश्यक पर्ने बताएको छ । बुधबार संसदको अर्थ समितिमा विभागका महानिर्देशक सुमनराज अर्यालले जनगणनाका लागि चालु आर्थिक वर्षदेखि नै तयारी गर्नेपर्ने र २०७८ मा जनगणना सकिँदासम्म ४ अर्ब खर्च ८६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए ।‘कार्यालय ब्यवस्थापनदेखिका कामहरु गर्नुपर्ने हुन्छ र हामीले अहिलेदेखि...
चैत २२,
चितवन -नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्रिल २२ सम्म तल्लो तहसम्मको पार्टी एकता टु्ङ्गिने बताउनुभएको छ । माडीमा आज आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उहाँले नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन २२ अप्रिलमा तल्लो तहसम्मको कमिटी सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताउनुभयो ।विसं २००६ अप्रिल २२ तारिखका दिन भारतको कोलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको...
चैत २७, एजेन्सी
मेलबोर्न –अस्ट्रेलियामा कार्यस्थलमा राम्रो वातावरण र ज्याला वृद्धिको माग गर्दै बुधबार आयोजित प्रदर्शनमा दशौं हजार सहभागी भएका छन् । आगामी मे महिनामा हुन लागेको संसदको चुनावलाई पनि लक्षित गरी भएको उक्त प्रदर्शनका कारण मेलबोर्न शहरको सार्वजनिक यातायात ठप्प भएको थियो । विपक्षी लेबर पार्टीले मजदूरको ज्यालामा सामयिक सुधार गर्ने भन्दै चुनाव प्रचार गरिरहेको छ । पार्टीसँग...
चैत २७,
सिरहा –क्रिश्चियन धर्मालम्बीले धर्मप्रचारको शिलसिलामा निःशुल्क गरेको आँखा शिविरमा शल्यक्रिया गराउँदा कम्तीमा ५ जनाको आँखाको ज्योति गुमेको छ । शल्यक्रियाका लागि कोरियाबाट स्वास्थ्यकर्मीको टिम ल्याइएको आयोजक संस्थाले जनाएको छ । तिनै स्वास्थ्यकर्मी टोलीले दिएको झोल औषधी आँखामा राखेपछि बिरामीले दृष्टि गुमाएका थिए ।गएको फागुन १३ देखि १५ सम्म राखिएको शिविरमा ७७ जनाको आँखाको शल्यक्रिया भएको थियो । तीमध्ये...
चैत २७,
भक्तपुर –मध्यपुरथिमि नगरपालिका–४ मा रहेको दुई पोखरी केही दिनअघिसम्म खेल मैदान बनेको थियो । धेरै वर्षसम्म झार र घाँसले ढोकेको यी पोखरी सरसफाइपछि केही वर्षयता मङ्सिरमा स्थानीयवासीले धान सुकाउन प्रयोग गर्ने र अन्य समयमा केटाकेटी खेल्ने मैदानको रूपमा परिणत हुँदै आएको थियो ।
तर निर्वाचनपछि जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्नुभएको...
चैत २७,
काठमाडौँ –सरकारले ‘नेपाल जीवनस्तर सर्वेक्षण’को काम पनि सुरु गरेको छ । केन्द्रिय तथ्याँक विभागका महानिर्देशक सुमनराज अर्यालले नेपाल जीवनस्तर सर्वेक्षणको काम पनि सुरु गरिएको जानकारी दिएका हुन् ।बुधबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उनले गरिवी निवारण गर्ने सरकारको लक्ष्यलाई सघाउ पुर्याउन विभागले जनताको जीवनस्तरको पनि सर्वेक्षण गर्नै कामलाई अघि बढाएको बताए । त्यसैगरी विभागले सामाजिक गतिविधि...
चैत २७,
काठमाडौँ –कामना सेवा बिकास बैंक र अजोड इन्स्योरेन्स बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्य भएको छ ।सहमती पत्रमा कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री प्रबिन बस्नेत तथा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रीे कुमार बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभयो ।सम्झौता अनुसार कामना सेवा बिकास बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरुले अजोड...


