चैत २७,
काठमाडौँ -मंगलबार राति सवा ८ बजे काठमाडौंको तीनकुनेमा एनसीसी बैंकको एटीएम मेसिन फोडेर रकम चोर्न खोज्ने युवक पक्राउ परेका छन् ।
बैंकको तीनकुने शाखा कार्यालयको एटीएम मेसिन फोडेर रकम चोरी गर्न लागेको अवस्थामा रामेछाप घर भई काठमाडौं महानगरपालिका ३२ बस्ने १८ बर्षीय विशाल तामाङ पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट एटीएम मेसिन फुटाउन प्रयोग गर्ने एउटा हतौंडा, फलामको छिनो र मार्तोल समेत बरामद गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।