धर्मप्रचारको लागि राखेको आँखा शिविरमा गुमाए ५ जनाले आँखाको ज्योति

52

चैत २७,
सिरहा –क्रिश्चियन धर्मालम्बीले धर्मप्रचारको शिलसिलामा निःशुल्क गरेको आँखा शिविरमा शल्यक्रिया गराउँदा कम्तीमा ५ जनाको आँखाको ज्योति गुमेको छ । शल्यक्रियाका लागि कोरियाबाट स्वास्थ्यकर्मीको टिम ल्याइएको आयोजक संस्थाले जनाएको छ । तिनै स्वास्थ्यकर्मी टोलीले दिएको झोल औषधी आँखामा राखेपछि बिरामीले दृष्टि गुमाएका थिए ।

गएको फागुन १३ देखि १५ सम्म राखिएको शिविरमा ७७ जनाको आँखाको शल्यक्रिया भएको थियो । तीमध्ये अधिकांशमा उपचार गरेको एक महिना नबित्दै आँखामा गम्भीर समस्या देखिएको थियो । कर्जन्हा नगरपालिका ८ थल्हा र आसपासको क्षेत्र मा पुग्दा ५ जनाको ज्योति गुमेको पाइयो ।

अन्य गाउँबाट उपचार गराएकाहरूको अवस्था खुल्न सकेको छैन । ज्योति गुमाउनेमा थल्हाका कलम हुसैन, रामझरी पासमान,देवलाल राउत, गौतारीका गोलियादेवी पासमान र विन्देश्वरी पासवान रहेका छन् । उनीहरूले फागुन १५ गते फुलकुमारी महतो मेमोरियल अस्पतालमा भएको शिविरमा मोतिबिन्दुको शल्यक्रिया गराएका थिए । फुलकुमारी मेमोरियल अस्पतालमा ‘रिचिङ द नेशन’ ९आरटीएन० स्कुलले शिविर आयोजना गरेको थियो । त्यसमा अस्पतालको साझेदारी रहेको बताइए पनि उसले ठाउँमात्र दिएको दाबी गरेको छ । आरटीएन स्कुल क्रिश्चियन संस्थाले चलाएको स्कुल हो ।

उसले दक्षिण कोरियाबाट ३० जनाभन्दा बढीको टोली शिविरका लागि ल्याएको थियो । त्यसमा विशेषज्ञ चिकित्सक भएको बताइए पनि प्रमाणित हुन सकेको छैन । शल्यक्रियापछि उनीहरुलाई दुई किसिमका झोल औषधी दिइएको थियो । त्यसलाई एक महिनासम्म प्रयोग गर्न भनिएको थियो । औषधीको नाम कोरियाली माषामै छ । उनीहरुको के के जाँच भयो रु शल्यक्रियापछि कुन कुन औषधी दियो रु त्यो उल्लेख छैन ।Rajdhani