चैत २७,
काठमाडौँ –आन्दोलनरत सरकारी डाक्टरहरुले वीर अस्पतालको ओपीडी कक्षमा लगाएको ताला प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । वीर अस्पतालले बिहीबार ओपीडीको टिकट काटिएको र डाक्टरहरुले आफ्नो कार्यकक्षभन्दा बाहिर बिरामी जाँचिरहेको जनाएको छ । अस्पताल प्रसासनका अनुसार डाक्टरहरुले अस्पतालको आँगनमा बिरामी जाँच्न थाले पनि अत्यावश्यक बाहेकका अपरेसनको काम भने गरेका छैनन् । यसबाट अपरेसनको डेट लिएर भर्ना भएका बिरामीहरुको...
चैत २७,
काठमाडौँ-भारतमा लोकसभा निर्वाचनका लागि आज मतदान भईरहेको छ । निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका पाना रंगिएका छन् । टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ । तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ्, कसैको पक्षमा सङ्लिएको देखिँदैन ।तर यतिबेला भने सारा भारतीयहरु प्रधानमन्त्री नरेन्द्र मोदीका...
चैत २७
पोखरा –नयाँ वर्ष २०७६ नेपालीका घरआँगनमा भित्रँदै गर्दा यही समयमा परेको चैते दशैँ समेतको प्रभाव यतिखेर पोखरादेखि मुस्ताङसम्म परेको छ ।विद्यार्थीको एक शैक्षिक वर्ष समाप्त भई अर्को शुरु हुने अवस्थाका साथै कार्यालयमा वर्षको बचेका बिदासमेतको उपयोग गर्ने आन्तरिक पर्यटकका कारण पोखरादेखि मुस्ताङसम्म नै चहलपहल बढाएको हो ।विशेषतः चैतको अन्तिमतिर दुईरचार दिन बिदा समय मिलाएर पोखरा घुम्नकै लागि...
चैत्र २७,
बिर्तामोड — राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसद राजेन्द्र लिङ्देनले आफूलाई ज्यान मार्ने धम्की दिने घटनामा राजनीतिक नेतादेखि आपराधिक व्यक्ति समेतको कनेक्सन देखिएको दाबी गरेका छन् । सङ्घीय सांसद लिङदेनले आफूलाई ५० लाख दिएर मार्न खटाएको भनिएको घटनामा आफ्नै निर्वाचन क्षेत्र झापा ३ का नेता र आपराधिक घटनामा संलग्न व्यक्तिको कनेक्सन देखिएको दाबी गरे ।बुधवार बिर्तामोडमा...
चैत २७
काठमाडौ–प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्ने गाडीचालक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१२ त्रिपुरेश्वरमा प्रहरीलाई १ हजार रुपैयाँ दिन खोज्दा धादिङ घर भई सतुंगल बस्ने ३३ वर्षीय एकबहादुर तामाङ मंगलबार दिउँसो पक्राउ परेका हुन् । महानगरीय प्रहरी ट्राफिक प्रभाग थापाथलीको टोलीले उनको बा २ ख ६१८६ नम्बर गाडी जाँच गर्न लाग्दा तामाङले एक हजार रुपैयाँ दिन खोजेका...
चैत २७,
काठमाडौँ-दुनियाँमा कस्ता कस्ता विषयमा मुद्दा दायर गरिन्छ होला ? के कसैले पादको विषयमा मुद्दा हालेको सुन्नुभएको थियो ? सायद दुनियाँमा यस्ता घटना यसअघि कहिल्यै भएको थिएन, जुन हालै अष्ट्रेलियामा भएको छ ।अष्ट्रेलियाको मेलबर्नमा एकजना व्यक्तिले झण्डै २० करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्ति माग गर्दै आफ्नै सहकर्मी विरुद्ध मुद्दा हालेका छन् । यसरी मुद्दा हाल्नुको कारण रहेको छ, ती...
चैत २७,
काठमाडौँ -लक्षु गौतमको निर्देशनमा बनेको फिल्म ‘ब्याल्क इयर (कालो वर्ष)’ को टिजर सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै टिजर सार्वजनिक गरिएको हो । टिजर हेर्नुस् :https://www.youtube.com/watch?v=be7nqTiwCBA२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले एउटा परिवारलाई पारेको असरलाई फिल्ममा प्रस्तुत गरिएको छ । फिल्ममा ओकेश पनेरु र अनुपा खड्का, सुरेन्द्र बुढा, रविन भुजेल, रस्मी शाह,...
चैत्र २७,
वीरेन्द्रनगर — कर्मचारी समायोजनका क्रममा बाहिरका एकजना डाक्टरले मात्र कर्णाली प्रदेश रोजेका छन् । कर्णालीमै कार्यरतमध्ये पनि अधिकांश डाक्टरले बाहिरकै अस्पताललाई कार्यथलो छानेका छन् ।कर्णाली प्रदेशमा ११८ डाक्टरको दरबन्दी छ । कार्यरत १४ डाक्टरले यही क्षेत्र रोजेका छन् । कार्यथलो कर्णाली छानेका बाहिरका एकसहित १५ मध्ये १० प्रदेशमातहतका अस्पताल र ५ स्थानीय तहमा रहने सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख...
चैत २७,
काठमाडौँ -नेपालको प्रसिद्ध ब्यापारिक घराना गोल्छा अर्गनाइजेशनका मालिक तथा पूर्वसांसद दिवाकर गोल्छाको मंगलवार निधन भएको छ । उनको बुधबार राति भारतको चेन्नइमा निधन भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष समेत रहिसकेका गोल्छाको दुई साताअघिमात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो ।६७ वर्षीय गोल्छा पहिलो संविधानसभामा नेपाली कांग्रेसबाट समानुपातिक सभासद थिए । गोल्छा अर्गनाइजेशनको औद्योगिकरणमा पिता हुलासचन्द गोल्छालाई...
चैत २७,
काठमाडौँ -नेपाल सरकारले पहिलो पटक सगरमाथाको उचाइ नाप्दै छ। सगरमाथाको उचाइ नाप्न सरकारी टोली आज सगरमाथा जाँदै छ। टोलीमा पाँचजना रहेका छन्। उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज नै बिदाइ गर्ने कार्यक्रम रहेको छ। टोलीमा अन्तर्राष्ट्रिय माउन्टेन गाइड एवं नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षक छिरिङ जाङबु शेर्पा, प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्भेयर...

