चैत २८, एजेन्सी,
लन्डन –बेलायती प्रहरीले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लन्डनस्थित इक्वेडरको राजदूतावासबाट गिरफ्तार गरेको छ। इक्वेडरले असान्जलाई दिइआएको आप्रवासीको मान्यता समाप्त गरेलगत्तै लन्डन प्रहरीले असान्जलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ। सन् २०१२ को अदालतको आदेशका आधारमा असान्जलाई गिरफ्तार गरेको बताइएको छ।प्रहरीले असान्जलाई जतिसक्दो चाँडो वेस्टमिन्स्टर मजिस्ट्रेट समक्ष प्रस्तुत गरिने जनाएको छ। असान्ज सन् २०१२ को अगष्टदेखि लन्डनस्थित इक्वेडरको राजदूतावासमा...
चैत २८,
काठमाडौँ -अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’को शिर्ष गीत सार्वजनिक भएको छ । प्रताप दासको एकल स्वर रहेको गीतमा अनमोलले स्टेज पर्फमेन्स दिएका छन् भने सुहाना फ्यानको रुपमा प्रस्तुत भएकी छन् ।
हेर्नुस् गीतको भिडियोhttps://www.youtube.com/watch?time_continue=99&v=obkzfCbLVw0प्रतिक पौडेलको शब्द रहेको गीतमा पुष्पन प्रधान र प्रतिक पौडेलको संगीत र उदयराज पौडेको संगीत समायोजन रहेको छ । म्युजिकल...
चैत २८,
काठमाडौं -प्रधानमन्त्री केपी ओलीले विद्युतीय गाडीको कारखाना स्थापना गर्ने घोषणा गरेका छन्र । प्रधानमन्त्री ओलीले विद्युतीय गाडी स्थापनाका लागि सहयोग गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरे ।बिहीबार काठमाडौंमा सूरु भएको नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै उनले खानी उत्खनन्, सिमेन्टको उत्पादनमा वृद्धि, रेलमार्गको निर्माण र संचालन गरेर सरकारले मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको...
चैत २८,
विदुर –नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुमा आज जेसिबीले बाटो खनेको हेर्ने क्रममा ढलेको रूखले च्यापिएर एकको मृत्यु भएको छ ।
शिवपुरी–१ का ३७ वर्षीय सानुकान्छा तामाङलाई रूखले च्यापी गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौँतर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको र शवलाई टिचिङ अस्पतालमा राखिएको नुवाकोट प्रहरीले जनाएको छ ।
यसैगरी विदुर नगरपालिका–४ स्थित लोकतान्त्रिक चोकमा आज ढुङ्गेबाट बटारतर्फ जाँदै...
चैत २८,
काठमाडौँ नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल्न प्रतिबन्ध लगाएको छ। पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेका थिए। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा प्राधिकरणले बिहीबार इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिएको छ।पब्जी मोबाइल तथा कम्युटरमा अनलाइनमा खेलिने गेम हो। धेरै युवालाई यसको लत...
चैत २८,
काठमाडौँ– मेलम्ची खानेपानी आयोजनामा दुई अर्ब २० करोड रुपैयाँ हिनामिना भएको भेटिएको छ । कुल २५ अर्ब २० करोड खर्च हुँदा दुई अर्ब २० करोड रुपैयाँ भ्रष्टाचार भएको महालेखापरीक्षकको कार्यालयको निष्कर्ष छ । महालेखाले सो रकम संलग्न पदाधिकारी र इन्जिनियरबाट असुल्न सिफारिस गरेको छ । आयोजना सञ्चालन अवधिमा थप १६ करोड २८ लाख रुपैयाँ अनियमितता भएको पनि महालेखाले औँल्याएको छ ।नयाँ पत्रिका...
चैत २८,
काठमाडौँ –सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गा प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेल ठगिएको बताएका छन् । बिहीबार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । मन्त्री बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गा व्यक्तिको नाममा लगिएको विषयमा सत्यतथ्य पत्ता लगाएर दोषीलाई नछाड्ने बताए ।उनले भने, ‘सो जग्गा प्रकरणमा नेकपाका महासचिवको समेत नाम जोडिएको उल्लेख...
चैत २८
काठमाडौँ-पूर्वन्यायाधीश फोरम नेपालले सर्वोच्च अदालत र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि भएको सिफारिशले न्यायालयको गरिमामा आँच पुगेको जनाएको छ । फोरमका महासचिव शम्भुबहादुर खड्काले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा न्याय परिषद्ले गरेको न्यायाधीश सिफारिशले न्यायिक क्षेत्रसँग सम्बद्ध इमान्दार तथा समक्ष व्यक्ति हतोत्साहित भएको जनाउँदै परिणामस्वरुप न्याय सम्पादनको कार्यमा गम्भीर दुष्परिणाम निम्तिन सक्ने चेतावनी दिइएको छ ।परिषद्ले यही...
चैत २८,
काभ्रेपलाञ्चोक -सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक एक प्रतिशतले गरीबी घटाइने बताउनुभएको छ । आउँदो वैशाख ४ गतेसम्म आयोजना गरिएको दोलालघाट भुम्लु बृहत् पर्यटन मेला तथा दोलालघाट महोत्सव–२०७६ को बुधबार उद्घाटन समारोहमा मन्त्री बाँस्कोटाले भन्नुभयो, “हामी वार्षिक एक प्रतिशतका दरले गरीबी घटाउने उद्देश्यका साथ समृद्धिको अभियानमा अघि बढिरहेका छौँ ।” उहाँले पाँच वर्षभित्र गरीबी दर १३ प्रतिशतमा...
चैत २८,
काठमाडौँ -खगोलविदहरूले एक कालो छेदको अर्थात (ब्ल्याक होल) पहिलो फोटो लिन सफल भएका छन् । उक्त फटो बुधवार सार्वजनिक गरिएको छ । जुन धरै टाढा आकाशगंगामा रहेको छ। यो लगभग ४० बिलियन ठुलो छ अर्थात पृथ्वीको आकार भन्दा तीन मिलियन गुणा ठुलो छ । यसलाई वैज्ञानिकहरूले ,राक्षस, भनी वर्णन गरेका छन् ।बल्याक होल पृथ्वीबाट ५०० मिलियन ट्रिलियन किलोमिटर...



