Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय विकिलिक्सका संस्थापक जुलियन असान्ज बेलायती प्रहरी द्धारा पक्राउ

विकिलिक्सका संस्थापक जुलियन असान्ज बेलायती प्रहरी द्धारा पक्राउ

92

चैत २८, एजेन्सी,
लन्डन –बेलायती प्रहरीले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई लन्डनस्थित इक्वेडरको राजदूतावासबाट गिरफ्तार गरेको छ। इक्वेडरले असान्जलाई दिइआएको आप्रवासीको मान्यता समाप्त गरेलगत्तै लन्डन प्रहरीले असान्जलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ। सन् २०१२ को अदालतको आदेशका आधारमा असान्जलाई गिरफ्तार गरेको बताइएको छ।

प्रहरीले असान्जलाई जतिसक्दो चाँडो वेस्टमिन्स्टर मजिस्ट्रेट समक्ष प्रस्तुत गरिने जनाएको छ। असान्ज सन् २०१२ को अगष्टदेखि लन्डनस्थित इक्वेडरको राजदूतावासमा शरण लिएर बसेका थिए।

राजदूतावासबाट बाहिर निस्किए आफूलाई संयुक्तराज्य अमेरिका सुपुर्दगी गरिने खतरा रहेको उनले दाबी गर्दै आएका थिए। उनीमाथि अमेरिकी हजारौं वर्गीकृत सैनिक तथा कुटनीतिक केबल (पत्राचार) विकिलिक्समार्फत् सार्वजनिक गरेको आरोप छ ।-एएफपी