Thursday, October 1, 2026
Home ताजा अपडेट बाटो खनेको हेरिरहेका युवकको रूखले च्यापिएर मृत्यु

बाटो खनेको हेरिरहेका युवकको रूखले च्यापिएर मृत्यु

224
सांकेतिक तस्विर

चैत २८,
विदुर –नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुमा आज जेसिबीले बाटो खनेको हेर्ने क्रममा ढलेको रूखले च्यापिएर एकको मृत्यु भएको छ ।
शिवपुरी–१ का ३७ वर्षीय सानुकान्छा तामाङलाई रूखले च्यापी गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौँतर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको र शवलाई टिचिङ अस्पतालमा राखिएको नुवाकोट प्रहरीले जनाएको छ ।
यसैगरी विदुर नगरपालिका–४ स्थित लोकतान्त्रिक चोकमा आज ढुङ्गेबाट बटारतर्फ जाँदै गरेको बा१ज ९३४४ नंको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको बा८६प ९२१४ नंको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार विदुर–९ बस्ने २१ वर्षीय राजकुमार ढकालको अवस्था गम्भीर र सोही ठाउँका २९ वर्षीय सन्तोष तामाङको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घाइते ढकालको खुट्टा, टाउको र तिध्रामा चोट लागेको तथा उपचारका लागि दुवै जना घाइतेहरुलाई डाइनेस्टिक एयरको हेलीकोप्टरद्वारा ग्राण्डी अस्पताल पठाइएको छ ।-रासस