नेपालमा पनि पब्जी खेल्न प्रतिबन्ध

151

चैत २८,
काठमाडौँ नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पब्जी खेल्न प्रतिबन्ध लगाएको छ। पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेका थिए। प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा प्राधिकरणले बिहीबार इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिएको छ।

पब्जी मोबाइल तथा कम्युटरमा अनलाइनमा खेलिने गेम हो। धेरै युवालाई यसको लत लागेको भन्दै आलोचना हुने गरेको छ।