हेर्नुहोस् ‘ए मेरो हजुर ३’को शिर्ष गीतमा अनमोलको क्रेज यस्तो छ

158

चैत २८,
काठमाडौँ -अनमोल केसी र सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’को शिर्ष गीत सार्वजनिक भएको छ । प्रताप दासको एकल स्वर रहेको गीतमा अनमोलले स्टेज पर्फमेन्स दिएका छन् भने सुहाना फ्यानको रुपमा प्रस्तुत भएकी छन् ।
हेर्नुस् गीतको भिडियो

प्रतिक पौडेलको शब्द रहेको गीतमा पुष्पन प्रधान र प्रतिक पौडेलको संगीत र उदयराज पौडेको संगीत समायोजन रहेको छ । म्युजिकल लभ स्टोरी फिल्ममा अनमोल र सुहानाको मुख्य भुमिका रहको छ । अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय रहेको छ । सुहानाले आफ्नै होम प्रोडक्सनको फिल्मबाट डेब्यु गरेकी छन् । सुहाना अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी हुन् ।

अभिनेत्री झरना थापाले निर्देशन गरेको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा लेखन रहेको फिल्ममा द्वन्द्व रोशन श्रेष्ठको रहेको छ । सञ्जय लामाले छायांकन गरेको फिल्मलाई दिर्घ खड्काले सम्पादन गरेका हुन् । फिल्म चैत २९ गते देखि रिलिज हुँदैछ ।