Thursday, July 9, 2026
Home Blog Page 1648
बैशाख ५, काठमाडौं ।चलचित्र ‘ए मेरो हजुर ३ को ट्रेलरमा नायिका सुहाना थापाको छातीमा रातो रंगमा एउटा मोबाइल नम्बर लेखिएको छ – ९८४१००८... मोबाइल नम्बर सँगै अंग्रेजीमा ‘लव यू आर्या ! प्रेम’ पनि लेखिएको छ । चलचित्रमा लेखिएको नम्बरका कारण काभ्रेका वीरध्वज तामाङ तनावमा छन् । नायिकाले छातीमा लेखेको नम्बर तामाङको रहेछ । चलचित्रमार्फत् मोबाइल नम्बर प्रचारप्रसार भएपछि उनी अहिले...
बैहाख ५,बीबीसी, काठमाडौँ । उत्तर कोरियाले परबाट नियन्त्रण गर्न सकिने एउटा नयाँ किसिमको अस्त्रको परीक्षण गरेको जनाएको छ। "ट्याक्टिकल गाइडिड वेपन" भनिएको सो अस्त्रबारे त्यहाँको सरकारी समाचारसंस्थाले धेरै जानकारी दिएको छैन तर उसले त्यसमा "शक्तिशाली युद्धशीर्ष" जडान भए‍को उल्लेख गरेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जङ-अनबीच गत फेब्रुअरीमा भियतनामको हनोईमा दोस्रो शिखरवार्ता असफल भएपछि उत्तर...
बैशाख ५, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइको कम्युनिष्ट सरकारबाट नागरिक आजित भइसकेको बताएका छन् । नेपाल राष्ट्रिय मगर संघ केन्द्रीय समितिद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई कैलालीको धनगढीमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । सभापति देउवाले भने, ‘दुई तिहाइको कम्युनिष्ट सरकार आएपछि नागरिकले विकास तथा शान्ति सुरक्षा पाउनुको सट्टा हत्या र हिंसाको आतङ्कको...
वैशाख ५, पोखरा । बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा पोखरामा १ सैनिक जवान घाइते भएका छन् । पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद वस्तु विस्फोट पार्ने क्रममा बिहीबार बिहान सैनिक अमलदार धर्म थापा घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय, कास्कीले नेपाली सेनाको बम डिस्पोजल टोलीका सदस्य बिम निष्क्रि पार्ने क्रममा विस्फोट हुँदा घाइते भएको...
बैशाख ५ काठमाडौं ।आजभोलि बच्चाहरूमा स्मार्ट (मोबाइल) फोन चलाउने लत छ । यसले विभिन्न समस्या देखिने गरेको छ । पछिल्लो अध्ययनअनुसार १३ वर्षमुनिका बच्चा डिजिटल टेक्नोलोजीसँग धेरै नजिक छन् । जसले गर्दा उनीहरू आफ्ना क्रियाकलाप र स्क्रिनमा हेर्ने समयलाई सन्तुलन राख्न नसक्ने भएका छन् । फलस्वरूप उनीहरूमा घाँटी र आँखाको समस्या देखिने गरेको छ । मोबाइलको यस्तो लतले भविष्यमा दीर्घरोगीसमेत बनाउन सक्छ । यस्तो समस्याबाट वेलैमा...
बैशाख ५, काठमाडौँ । भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरु अस्थायी रुपमा स्थगन गरेको छ । इन्धन र अरु सेवाको भुक्तानी गर्न नसकेपछि कम्पनीले बुधबार अन्तिम उडान गरेको थियो । जेट एयरवेजले उडान स्थगन गर्नुको विकल्प नभएको जनाएको छ । कम्पनीले चाँडै उडान शुरु गर्ने आशा पनि व्यक्त गरेको छ...
बैशाख ५, भक्तपुुर । सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा गए राति बस र टिपर आपसमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । भक्तपुरबाट बनेपातर्फ जाँदै गरेको बा३ख १७८४ नम्बरको बस र बनेपाबाट भक्तपुरतर्फ आउँदै गरको बा४ख ४८१५ नंको टिपर एकापसमा ठक्कर खाएर दुर्घटनामा परेको हो ।दुर्घटनामा सिन्धुपाल्चोक चौतारा साँगाचोक नगरपालिका –३ बतासे बस्ने ३४ वर्षीय बस मालिक...
वैशाख ५, काठमाडौँ -मलेसियाको राजधानी क्लालामपुरबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको जहाजमा बिहीबार बिहान चरा ठोक्किएको छ । स्रोतका अनुसार, निगमको उडान नम्बर आरए४१६ अवतरण गरेर धावनमार्गमा गुडिरहेका बेला पछाडिको ल्याण्डिङ गियर (पाङग्रा) मा चरा ठोक्किएको थियो । 'ठूलो क्षति हुनबाट जोगियो'स्रोतले भन्यो, 'उडानमा रहेका बेला इन्जिनमा चरा ठोक्किएको भए करोडौं नोक्सानी हुने थियो ।'चरा ठोक्किएको विमान निगमको न्यारोबडी विमान...
बैशाख ४, बीबीसी, काठमाडौँ -पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै 'न्यानो स्याटलाइट' अर्थात् सानो भू-उपग्रह अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ। सानै आकारको भए पनि नेपाली भू-उपग्रह अन्तरिक्षमा पठाइएपछि विश्वभरि छरिएर रहेका नेपालीहरूले खुसी व्यक्त गरेका छन्। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्टका अनुसार नेपालको भू-उपग्रह नेपाली समयानुसार बिहीवार बिहान २:३५ बजे भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय...
बैशाख ५, एजेन्सी, काठमाडौँ । भारतको ओडिशा राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको कारगेड ‘खानतलासी गर्ने कर्मचारी निलम्बित भएका छन् । निर्वाचन आयोगले ‘प्रधानमन्त्रीको कारगेड ‘खानतलासी गर्नेदुस्साहस गरेको’ भन्दै एक ‘आइएस अधिकारी’लाई निलम्बन गरेको हो । प्रधानमन्त्री कार्यालयले निर्वाचन आयोगमा उजुरी दिएपछि आइएस अधिकारी मोहम्मद मोहसिनलाई आयोगले निलम्वन गरेको हो ।प्रधानमन्त्री मोदी मंगलबार निर्वाचन अभियानको क्रममा ओडिशाको संबलपुर पुगेका थिए । मोहसिनले...