वैशाख ५
काठमाडौं । चितवनस्थित नारायणी नदी तिरमा आराम गर्दै दाहाल परिवार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आरामका लागि सपरिवार सिन्धुपाल्चोकस्थित सुकुटे बिच पुगेका छन्। बिहीबार अपरान्ह दाहाल सुकुटे बिच रिसोर्ट पुगेका हुन्। पत्नी सीता र परिवारका अन्य सदस्यसहित दाहाल भोटेकोशी किनारको रिसोर्ट पुगेका हुन्। उनी आज राति त्यहीँ बस्ने कार्यक्रम रहेको स्रोतले जानकारी...
बैशाख ५,
सिमरा । बारा र पर्सामा आएको बिनासकारी हावाहुरी ९टोनार्डो० बाट प्रभावित स्कुले बालबालीकालाई शैक्षिक सामाग्री बाँड्न धुर्मुस बिहिबार बिहान प्रभावित क्षेत्र पुगेका छन् । नयाँ भर्ना अभियान सुरु भएकाले प्रभावित क्षेत्रका बालबालीकालाई सम्पुर्ण स्कुले सामग्री सहितको झोला बितरण गरी पुनः बिद्यालय फर्काउन धुर्मुस सुन्तली फाउण्डेसन यहाँ आएको हो । फाउण्डेसनका संचालक सिताराम कट्टेल (धुर्मुस)ले सबैभन्दा बढी प्रभावित क्षेत्र...
बैशाख ५,
काठमाडौँ – चलचित्र ‘यात्रा स् अ म्युजिकल भ्लग’ को नयाँ गीत ‘ फ्लाइङ्ग फ्लाइङ्ग’ सार्वजनिक भएको छ । गीतमा नायिका मलिका महत र अभिनेता सलिनमान बनिया रोमान्टिक अवतारमा देखिएका छन् । गीतमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ भने गायका सुगम पोखरेल र गायिका मेलिना राईको स्वर रहेको छ । गीतमामा शब्द र संगीत प्रतिक पौडेलको रहेको छ ।...
बैशाख ५,
काठमाडौं । गृह मन्त्रालय अन्तर्गतका विभाग र कार्यालयहरुमध्ये बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आ।व। २०७३/०७४ को बेरुजुलाई ८५.१४ प्रतिशत फर्छ्यौट गराई बेरुजु फर्छ्यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उक्त सर्वोत्कृष्ट स्थान हासिलका लागि नगद ८ हजार रुपैयाँ पुरस्कार...
बैशाख ५,
पाल्पा । पूर्वखोला गाउँपालिकाभित्र रहेका पाँचवटा निजी विद्यालय सामुदायिक विद्यालयमा मर्ज भएका छन्। पूर्वखोला गाउँपालिका दुई जल्पामा रहेको माउण्ट भू बार्डिङ स्कुलनजिकै रहेको शम्भु माध्यमिक विद्यालय,जल्पामै रहेको सरस्वती इङलिस बोर्डिङ स्कुल सोही ठाउँमा रहेको सरस्वती माध्यमिक विद्यालयमा गाभिएका छन्। यस्तै वडा ३ मा रहेको पूर्वखोला बोर्डिङ स्कुल पूर्वखोलामा रहेको उद्वुद्ध माध्यमिक विद्यालय, वडा नम्बर ४ देवीनगरमा रहेको चीराग...
बैशाख ५
काठमाडौँ । विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज फेरिएका छन् । हाल सो जिम्मेवारीमा रहेका हेमन्त प्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेसँगै पार्टीले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई सो जिम्मेवारी दिएको हो । यसअघि प्रकाण्ड प्रवक्ताको जिम्मेवारी रहेको बताइएपनि केही महिनायता उनको नाममा पार्टीको औपचारिक विज्ञप्ति आउने गरेको थिएन ।प्रहरीबाट पक्राउ परेपछि पार्टीका केही गोप्य दस्तावेज बाहिरिएको भन्दै उनलाई जिम्मेवारविहीन बनाइएको...
बैशाख ५
काठमाडौँ । एसिया क्षेत्रको यु–१९ विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा कुवेतलाई ८ विकेटले हराए पनि नेपाल विश्वकपमा पुग्न असफल भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा बिहीबार सम्पन्न खेलमा कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा २ विकेट गुमाएर पुरा ग(यो ।नेपाललाई जित दिलाउने क्रममा ओपनर रित गौतमले सर्वाधिक ६२ रनको पारी खेले भने पवन सर्राफले ५३ रन...
बैशाख ५, बीबीसी,
काठमाडौँ । भारतको पूर्वी राज्य ओडिशामा दोस्रो चरणको निर्वाचन हुनुभन्दा केही घण्टाअघि एक निर्वाचन अधिकारीको हत्या भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार ती महिला अधिकारीको सन्दिग्ध माओवादीहरूले हत्या गरेका हुन्। संजुक्ता दिगल नाम गरेकी ती अधिकारी मतदानकेन्द्रतिर जाँदै गर्दा उनको गाडीमा माओवादी आक्रमण भएको बताइएको छ। विश्वकै ठूलो मानिएको निर्वाचनअन्तर्गत भारतमा ओडिशासमेत १२ राज्य र केन्द्रशासित एउटा क्षेत्रमा...
बैशाख ५,
पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुले बसमा यात्रारत १४ जनाको हत्या गरेका छन् । अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार बन्दुकधारीहरुले पाँचवटा बसमा सवार यात्रुहरुलाई बसबाट ओरालेर गोली प्रहार गरेका थिए । आक्रमणकारीहरुले अर्धसैनिक फ्रन्टियर कप्र्सका पोशाक पहिरिएको प्रान्तीय गृह सचिव हैदर अलिले एएफपीलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बन्दुकधारीहरुले गुडिरहेको बसलाई रोके, त्यसपछि बस भित्रका यात्रुलाई बाहिर निकालेर...
वैशाख ५
काठमाडौँ । अर्थ मन्त्रालयले बजेट खर्च गर्न नसक्ने भए आत्मसमर्पण गरिहाल्न मन्त्रालयहरुलाई आग्रह गरेको छ । मन्त्रालयले बजेट खर्च गर्न नसक्ने अवस्था देखिएको भन्दै अर्थले नसक्ने भए अहिले नै आत्मसमर्पण गरिहाल्न आग्रह गरेको हो । बजेट खर्च चाँडै गर्न र गर्न नसक्ने भए सरेन्डर गरिहाल्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय भएको एक सहसचिवले जानकारी दिए । ‘सरेन्डर गर्न आग्रह...


