Friday, October 2, 2026
Home अन्तर्राष्ट्रिय प्रधानमन्त्री मोदीको कारगेड खानतलासी गर्ने दुस्साहस गरेको भन्दै एक कर्मचारी निलम्बित

प्रधानमन्त्री मोदीको कारगेड खानतलासी गर्ने दुस्साहस गरेको भन्दै एक कर्मचारी निलम्बित

203

बैशाख ५, एजेन्सी,
काठमाडौँ । भारतको ओडिशा राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीको कारगेड ‘खानतलासी गर्ने कर्मचारी निलम्बित भएका छन् । निर्वाचन आयोगले ‘प्रधानमन्त्रीको कारगेड ‘खानतलासी गर्नेदुस्साहस गरेको’ भन्दै एक ‘आइएस अधिकारी’लाई निलम्बन गरेको हो । प्रधानमन्त्री कार्यालयले निर्वाचन आयोगमा उजुरी दिएपछि आइएस अधिकारी मोहम्मद मोहसिनलाई आयोगले निलम्वन गरेको हो ।

प्रधानमन्त्री मोदी मंगलबार निर्वाचन अभियानको क्रममा ओडिशाको संबलपुर पुगेका थिए । मोहसिनले प्रधानमन्त्री मोदीको कारगेड रोकेर खानतलासी गर्ने कोशिस गरेका थिए । कर्नाटकका मोहसिन संबलपुरमा निर्वाचन पर्यवेक्षकका रुपमा खटिएका थिए । प्रधानमन्त्री कार्यालयले आइएस अधिकारी मोहसिनको कार्यप्रति आपत्ति जनाएपछि निर्वाचन आयोगका अधिकारी छानविनका लागि ओडिशा पुगेका थिए । निर्वाचन आयोगले एसपिजीस्तरीय सुरक्षाप्राप्त प्रधानमन्त्रीको कारगेड खानतलाशीको दुस्साहस गरेको पाइएकोले निलम्वन गरिएको जनाएको छ ।

यसअघि निर्वाचन आयोगले अपमानजन्य र उन्माद फैलाउने अभिव्यक्ति दिएको भन्दै कतिपय नेतालाई समेत सचेत गराएको थियो । निर्वाचन आयोगले चार जना वरिष्ठ नेता, उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगी, बासपाकी नेतृ मायावती, सपाका नेता आजम खान र केन्द्रीय मन्त्री तथा भाजपाकी नेतृ मेनका गान्धीलाई चुनाव प्रचारमा हिड्न र सम्बोधन गर्न रोक लगाएको छ ।