Monday, September 28, 2026
Home ताजा अपडेट भक्तपुरमा बस र टिप्पर दुर्घटना, एकको मृत्यु

भक्तपुरमा बस र टिप्पर दुर्घटना, एकको मृत्यु

146

बैशाख ५,
भक्तपुुर । सूर्यविनायक नगरपालिका–१० भातेढिकुरमा गए राति बस र टिपर आपसमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
भक्तपुरबाट बनेपातर्फ जाँदै गरेको बा३ख १७८४ नम्बरको बस र बनेपाबाट भक्तपुरतर्फ आउँदै गरको बा४ख ४८१५ नंको टिपर एकापसमा ठक्कर खाएर दुर्घटनामा परेको हो ।

दुर्घटनामा सिन्धुपाल्चोक चौतारा साँगाचोक नगरपालिका –३ बतासे बस्ने ३४ वर्षीय बस मालिक रमेश भण्डारीको मध्यपुर अस्पतालमा उपचारको क्रममा आज निधन भएको हो ।दुर्घटनामा बस चालक सिन्धुपाल्चोक चौतारा साँगाचोक–३ बतासेका २४ वर्षीय सन्तोष थापा र टिपर चालक सिन्धुपाल्चोक चौताराका २८ वर्षीय देवकुमार श्रेष्ठ घाइते भएका छन् । उनीहरुको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।