बैशाख ९, बीबीसी,
काठमाडौँ । आइतवार श्रीलङ्कामा भएको शृङ्खलाबद्ध विस्फोटनमा मारिनेहरूको सङ्ख्या २९० पुगेको छ। प्रहरीले २४ जनालाई गिरफ्तार गरे पनि सरकारले आक्रमणकारीको पहिचान गरेको छैन। आक्रमणमा ५०० जना घाइते भएको र दर्जनौं विदेशीहरू मारिएको बताइएको छ।सूरक्षा निकायमाथि कारबाहीको माग
श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले आइतवारको आक्रमणका बारेमा प्राप्त पूर्व सूचनाका आधारमा सुरक्षा निकायले कारबाही अगाडि नबढाएको विषयमा छानबिन हुनुपर्ने बताएका छन्।...
बलराम बानियाँ, कृष्ण आचार्य ( कान्तीपुर दैनिक)
बैशाख ९, काठमाडौँ । सरकारले फजुल खर्च भन्दै गत वर्ष साउनदेखि रोक्का राखेको प्रोत्साहन भत्ता निजामती कर्मचारीलाई फेरि बाँड्न थालेको छ । मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी अतिरिक्त समय र विशिष्टीकृत काम गरेको नाउँमा दुई दर्जनभन्दा बढी निकायका १५ हजारभन्दा बढी कर्मचारीलाई मासिक तलबभत्ताबाहेक ४० देखि सय प्रतिशतसम्म प्रोत्साहन भत्ता दिन थालिएको हो ।...
बैशाख ९,
बीबीसी । राजनीतिमा कुनै किसिमको अनुभव नरहेको जेलेन्स्कीको चुनावी अभियान ठोस राजनीतिक मुद्दा भन्दा पनि विपक्षी दलका उम्मेदवार माथि उनको मतभेदमा केन्द्रित थियो। यूक्रेनमा राष्ट्रपति चुनाव लगत्तै गरिएको मत सर्वेक्षणका अनुसार हास्यकलाकार ९कमेडियन० वोलोदीमीर जेलेन्स्की भारी मतका साथ राष्ट्रपति पदमा निर्वाचित हुँदै छन्। चुनाव लगत्तै गरिएको मत सर्वेक्षण अनुसार उनले ७० प्रतिशत भन्दा बढी मत प्राप्त गरेका...
मणिलाल विश्वकर्मा ( नयाँ पत्रिका)
बैशाख ९, काठमाडौं । सिरहाको मिर्चैया नगरपालिकामा दुई दलितबस्ती भूमाफियाले हडपेका छन् । मिर्चैया नगरपालिका–७ फूलबरियामा जम्मा ६ कट्ठा जग्गामा २८ घरधुरी दलित बस्छन् । उनीहरू यहाँ झन्डै ९० वर्षदेखि बसिरहेका छन् । तर, गत वर्ष स्थानीय जनप्रतिनिधिको मिलेमतोमा उनीहरूको जग्गा अरूले खरिद–बिक्री गरिदिएका छन् । स्थानीय ६५ वर्षीय घुरन रामका अनुसार सिरहाको कल्याणपुर जब्दीका जग्गाधनी...
दिवाकर पन्त ( नयाँ पत्रिका)
बैशाख ९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर्ड गरिने भएको छ । निगमको एयरबस ३२० जहाजमा राष्ट्रपति चीन जाने निश्चित भएको हो । यो एक सय ५८ सिटे जहाज हो । यही ११ वैशाखदेखि सुरु हुने भ्रमणका लागि जहाज पठाउने विषयमा आवश्यक तयारी गरिरहेको निगमका सहप्रवक्ता...
नयाँ पत्रिका
बैशाख ९, काठमाडौं । विभिन्न देशका नागरिकलाई पर्यटकका रूपमा नेपाल पठाएर सुन तस्करी हुन थालेको छ । आइतबार कम्बोडिया र भियतनामका चारजना महिला तीन केजी तीन सय ग्राम तस्करीको सुनसहित विमानस्थलमा पक्राउ परेका छन् । बैंककबाट नेपाल आउनेक्रममा उनीहरू पक्राउ परेका हुन् ।गोप्य अंगमा लुकाएर उनीहरूले सुन तस्करीको प्रयास गरेका थिए ।
पक्राउ पर्नेमा दुई भियतनामी र दुई कम्बोडियन महिला छन् । भन्सार कार्यालयले...
नेपाल समाचारपत्र
बैशाख ९, काठमाडौं । सरकारले ४९ वर्ष पहिले बनेको पानीजहाज दर्ता ऐन, २०२७ लाई समय सुहाउँदो बनाउन गृहकार्य थालेको छ । पानीजहाज कार्यालय स्थापना गरी कर्मचारीको व्यवस्था भएसँगै सरकारले ऐनसमेत समयानुकुल बनाउने गरी संशोधनका लागि गृहकार्य थालेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिब शिवहरि सापकोटाले पानीजहाज कार्यालय र कर्मचारीको व्यवस्था भएसँगै समयअनुसारको ऐनको आवश्यकता परेको...
मधुसूदन रायमाझी (नेपाल समाचारपत्र)
बैशाख ९, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकता भएको ११ महिनापछि ७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम टुंगो लगाएको छ । पार्टीभित्रको आन्तरिक विवादले लामो समयसम्म लम्बिँदै आएको सांगठनिक एकताअन्तर्गत नेकपाले जिल्ला कमिटीको अध्यक्ष र सचिवको नाम टुंगो लगाएको हो । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले नाममा सहमति जुटाएको छ...
बैशाख ८, श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन हुँदा दुई सय जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। श्रीलङ्का प्रहरीका प्रवक्ताका अनुसार अहिलेसम्म २०७ जनाको मृत्यु भएको पुष्टि भएको छ।
बीबीसीका अनुसार आइतवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा कम्तीमा छवटा विस्फोटन भएका थिए। त्यसपछि थप दुई स्थानमा विस्फोटन भए। सबै घटनामा पाँच सयभन्दा बढी व्यक्तिहरू घाइते...
बैशाख ८,
काठमाडौं । प्रभु बैंक लिमिटेडले शंखरापुर नगरपलिका वडा नं। ७ स्थित साँखुमा शाखा कार्यालय खोली कारोवार सुरु गरेको छ । उक्त शाखाको शंखरापुरका मेयर सुवर्ण श्रेष्ठले उद्घाटन गरे । बैंकको साँखु शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो...
