Sunday, September 27, 2026
Home स्थानीय सरकार प्रभु बैंकको नयाँ शाखा साँखुमा

प्रभु बैंकको नयाँ शाखा साँखुमा

82

बैशाख ८,
काठमाडौं । प्रभु बैंक लिमिटेडले शंखरापुर नगरपलिका वडा नं। ७ स्थित साँखुमा शाखा कार्यालय खोली कारोवार सुरु गरेको छ । उक्त शाखाको शंखरापुरका मेयर सुवर्ण श्रेष्ठले उद्घाटन गरे । बैंकको साँखु शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी तथा शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे ।