Friday, July 10, 2026
Home Blog Page 1640
बैशाख ८, महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चोधरीको निधन भएको छ । शारीरिक अस्वस्थ्यताका कारण काठमाडौँको मेडिसिटी हस्पिटलमा उपचाररत्त अध्यक्ष चौधरीको आइतबार ४५ वर्षको उमेरमा निधन भएको हो । उनको शवलाई महोत्तरी ल्याएर अन्तेष्टि गर्ने तयारी भइरहेको जनाएको छ । उनले राजपा नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित भएकै बेलादेखि उनी शारिरीक तथा मानसिक...
बैशाख ८, काठमाडौँ । निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई र निर्माता प्रज्जवल शम्सेर जबराले लामो प्रेम सम्बन्धलाई यही बैशाख २४ गते दाम्पत्यमा रुपान्तरण गर्दैछन् । दशकअघि फिल्म “मेरो एउटा साथी छ” को सेटबाट उनीहरु एकअर्काको प्रेममा रमाउन थालेका थिए । लगनगाँठो कस्नुभन्दा अगाडि दुईले आइतबार भव्य समारोहका बीच औँठी साटेका छन् ।आइतबार राजधानीमा रहेको शंकर होटलमा दुबै परिवारको उपस्थितिमा...
वैशाख ८ चितवन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बम पड्काएर जनतामा आतंक सिर्जना गरेर परिवर्तन आउँछ भन्नु विप्लवको ठूलो भ्रम रहेको बताएका छन्। आइतबार चितवन कैलाशनगर माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै दाहालले नेक्रविक्रम चन्द्र विप्लवलाई वार्ता, संवादमा आउन आग्रह पनि गरे।‘एक, दुइटा बम पड्काएर जनतालाई आतंकित पारेर चन्दा उठाएर हिड्ने यो अवस्था होइन,’ ...
बैशाख ८, काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ । भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौँ उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो । निगमले आगामी वैशाख १८ (मे १ देखि) काठमाडौँ नयाँदिल्ली सातामा १४ उडान भर्ने जनाएको छ । उक्त गन्तव्यमा अहिले निगमले सातामा ११ उडान भर्दै...
बैशाख ८, काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको बम बिस्फोटनको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई एक समवेदना सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले सन्देशम भनेका छन्, ‘आज बिहान श्रीलंकका विभिन्न सार्वजनिक स्थानहरुमा भएको श्रृंखलावद्ध बम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनु परेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ...
वैशाख ८ काठमाडौँ । चैत १५ र १६ गते भएको लगानी सम्मेलनका क्रममा सरकारले पेस गरेका ७७ मध्ये ३१ आयोजनाका लागि विदेशी लगानीको आवेदन परेको छ। लगानी बोर्डले आइतबार पत्रकार सम्मेलन गरेर ती ३१ आयोजनाका लागि २५ खर्ब बढीको लगानी गर्न आवेदन आएको जानकारी दिएको छ। बोर्डका अनुसार कृषि, स्वास्थ्य तथा शिक्षा, ऊर्जा, उद्योग, यातायात र शहरी पूर्वाधारमा विदेशीले लगानीका...
बैशाख ८, चितवन । रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलन्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको छ । शिलान्यास पूर्व गर्नुपर्ने प्रारम्भिक काम चरणबद्धरुपमा भइरहेका छन् । रङ्गशाला निर्माण गर्दै गरेको सीताराम कट्टृेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलका अनुसार रङ्गशाला क्षेत्रलाई जस्ताले बार्ने काम, निर्माण गर्दा आवश्यक पर्ने कार्यालय निर्माण, कर्मचारी आवासगृह,...
बैशाख ८, बीबीसी, काठमाडौँ । श्रीलङ्काको राजधानी कोलम्बो र अन्य स्थानमा भएका शृङ्खलाबद्ध विस्फोटनमा विदेशी नागरिकहरू पनि परेको विवरण सार्वजनिक भएको छ। कोलम्बो अस्पतालले नौ विदेशीको मृत्यु भएको पुष्टि गरेको छ। विभिन्न गिर्जाघर र होटलमा भएका विस्फोटनमा कम्तीमा १३७ जनाको मृत्यु भएको प्रहरी र अस्पतालस्रोतले जनाएका छन्।परशु घिमिरे चाहिँ छक्क परेका छन्। किनभने आइतवार बिहानको खाना खाएर निस्किएको ठाउँमा आधा...
बैशाख ८, एजेन्सी, काठमाडौँ -छवटा शृङ्खलाबद्ध आक्रमणबाट आक्रान्त बनिरहेको बेला श्रीलंकाको राजधानी कोलम्बोमा अर्को विस्फोट भएको छ । देहिवाला चिडियाखानाको पछाडि रहेको एक होटलमा सातौँ विस्फोट भएको छ । इन्डिया टुडेका अनुसार उक्त विस्फोटमा थप दुई जनाको मृत्यु भएको छ । योसँगै श्रीलंकामा विस्फोटमा ज्यान गुमाउनेको संख्या कम्तिमा १५६ जनाको मृत्यु भएको छ । घटनामा ५ सयभन्दा बढी घाइते भएका...
वैशाख ८ काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’को शिर्ष गीत सार्वजनिक भएको छ । ''जीवन जात्रा हो'' भन्ने उक्त गितमा कालिप्रसाद बास्कोटाको आवाज र संगीत रहेको छ भने अर्जुन भट्टराइको शब्द रहेको छ । प्रविण सिंहले कोरियोग्राफी गरेको गीतको भिडियोलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् । चलचित्रको यो गीतमा मुख्य ३ कलाकार विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँलाई...