Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय श्रीलङ्का आक्रमणः गिर्जाघर र होटलमा भएका विस्फोटनमा २०० जनाभन्दा बढीको मृत्यु

श्रीलङ्का आक्रमणः गिर्जाघर र होटलमा भएका विस्फोटनमा २०० जनाभन्दा बढीको मृत्यु

101

बैशाख ८, श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन हुँदा दुई सय जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। श्रीलङ्का प्रहरीका प्रवक्ताका अनुसार अहिलेसम्म २०७ जनाको मृत्यु भएको पुष्टि भएको छ।
बीबीसीका अनुसार आइतवार बिहान देशका विभिन्न स्थानमा रहेका गिर्जाघर र होटलमा कम्तीमा छवटा विस्फोटन भएका थिए। त्यसपछि थप दुई स्थानमा विस्फोटन भए। सबै घटनामा पाँच सयभन्दा बढी व्यक्तिहरू घाइते भएको बताइएको छ।
समाचारसंस्था एएफपीका अनुसार घटनामा परेर कम्तीमा ३५ जना विदेशीको मृत्यु भएको छ। यसअघि श्रीलङ्काको प्रधानमन्त्री कार्यालयले १६० जनाको मृत्यु भएको पुष्टि गर्दा तीमध्ये नौ जना विदेशी रहेको बताएको थियो।

कर्फ्यू र पक्राउ

बीबीसी संवाददाता अज्जाम अमीनका अनुसार विभिन्न स्थानबाट घटनामा संलग्न भएको आशङ्कामा सात जनालाई पक्राउ गरिएको छ।