बैशाख ९,
काठमाडौँ, फिल्म ‘हजार जुनीसम्म’को ‘एमजी रोडैमा’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा औपचारिक कार्यक्रम गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा नायिका स्वस्तिमा खड्का, सलोन बस्नेत र नवनायक अखिलेश प्रधान नृत्य प्रस्तुत गरेका छन्। गीतको भिडियो हेर्नुस् :https://www.youtube.com/watch?time_continue=2&v=WGgOSfDX1Wo मेलिना राई र राजन राज सिवाकोटीको स्वर रहेको गीतमा सिवाकोटीकै शब्द तथा संगीत रहेको छ ।...
वैशाख ९,
बिर्तामोड — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ललिता निवासको जग्गामा व्यक्तिको नाम जोडिन नमिल्ने बताए । उनले ललिता निवासको जमिन सरकारले अधिग्रहण गरिसकेको जमिन भएको स्पष्ट पारे । पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले अधिग्रहण गरेको जमिन सरकारी बाहेक अन्यको हुनै नसक्ने दाबी गरे ।उनले उक्त जमिन सरकारी नभए सुवर्ण शम्शेरको छोरा-नातिको हुनुपर्ने जिकीर गरे । 'प्रधानमन्त्री निवास...
बैशाख ९
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पार्टी एकताको फलामे ढोका फोडेको’ टिप्पणी गरेका छन्। नेकपाको जिल्ला कमिटीका अध्यक्ष र सचिवहरूको घोषणा गर्न राजधानीमा सोमबार भएको कार्यक्रममा प्रचण्डले एकताको मुख्य गाँठो जिल्लाको नेतृत्व चयनमै भएको स्वीकार गरे। ‘हामीले फलामे ढोका फोडेका छौँ। गाँठो त्यहीँ परेको थियो’, प्रचण्डले भने, ‘मुख्य गाँठो फुक्यो।...
बैशाख ९
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ। आइतबार बसेको नेकपाको सचिवालय बैठकले एकता पछिको जिल्ला नेतृत्व टुंग्याएको हो। ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ । जस अनुसार माओवादीतर्फबाट नेतृत्व गर्ने गरी टुंग्याएको जिल्लाको सूचि...
बैशाख ९,
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपाले सरकारसँग वार्ता गर्न वरिष्ठ नेता दीपक बोहराको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । सोमबार बिहान बसेको राप्रपा शीर्ष नेताहरुको बैठकले बोहराको नेतृत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा सदस्य रहेको ३ सदस्यीय वार्ता समिति गठन गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।राप्रपाले गत फागुन ७...
बैशाख ९,
सुर्खेत । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक गरेको छ । पर्यटन मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी पर्यटन वर्ष शुभारभ्म र समापनका बीचमा भएका उपलब्धि सार्वजनिक गरेको हो । पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको कर्णाली प्रदेश सरकारले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मा चार लाख ५४ हजार...
बैशाख ९,
काठमाडौं । श्रीलंका विमानस्थलमा बम फेला परेको छ । कोलम्बो एयरपोर्टभित्र जाँच गर्ने क्रममा श्रीलंकाका सरक्षाकर्मीले थप एक बम फेला पारेका छन् । विमानस्थलमा बम भेट्टिटएपछि सेनाको डिस्पोजल टोलीले बम निस्क्रिय पारेको थियो । आइतबार भएको श्रृङ्खलाबद्ध बिसफोटन पछि सुरक्षाकर्मीले शंकास्पद स्थानहरुमा सुरक्षा जाँच बढाएका छन् ।
बैशाख ९,
काठमाण्डौ । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज पुगेकी छिन् । भण्डारीको इण्डोस्कोपी गरिएको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रेमबहादुर खड्काले राष्ट्रपतिलाई स्वागत गरेका थिए ।भण्डारीको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।
बैशाख ९, एजेन्सी,
काठमाडौं । संसारभरीका लाखौं मानिसले आफ्ना संवेदनशील अकाउन्टमा सम्झनलाई सजिलो हुने पासवर्ड राख्ने गरेको नयाँ अध्ययनले बताएको छ । बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर (एनसीएससी) ले ह्याक भएका धेरैजसो अकाउन्टमा १२३४५ पासवर्ड राखेको पत्ता लगाए ।मानिसहरुमा साइबर ज्ञानको कमीले निम्त्याउने खतराबारे पनि यसमा अनुसन्धान गरेको छ । एनसीएससीका अनुसार मानिसहरुले आफ्नो पासवर्ड बलियो बनाउन सम्झन सक्ने तीनवटा...
बैशाख ९,
रामेछाप । रामेछापको मन्थली विमानस्थलको धावनमार्गमा तारा एयरको विमान चिप्लिएको छ ।सोलुखुम्बुको लुक्लाबाट रामेछाप आएको विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको हो । सोमबार बिहान नाइन एन ८८८ कल साइन भएको डोर्नियर विमान अवतरणका क्रममा हाइड्रलेलिक पाइप फुटेर रनवेबाट चिप्लिएको बताइएको छ । दुर्घटनामा मानवीय क्षति भने भएको छैन । दुर्घटनापछि रनवे बन्द गरिएको छ । चिप्लिएको जहाज हटाएपछि...


