नवराज मैनाली ( नयाँ पत्रिका दैनिक)
बैशाख ११, काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको सुरक्षामा ३० जना सुरक्षाकर्मी खटिएका छन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणाभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । पूर्वराजाको सुरक्षामा सशस्त्र प्रहरी बलबाट दुई डिएसपी खटिएका छन् । एक डिएसपीको नेतृत्वमा ४० प्रहरीले पूर्वराजाको ‘क्लोज सर्किट’मा काम गर्छन् । सइको कमान्डमा नागार्जुननिवासको सुरक्षामा...
बैशाख ११, काठमाडौं । राजधानी लगायत आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । २०७२ साल बैशाख १२ गतेको भूकम्पले ठूलो जनधनको क्षति गराएको थियो । त्यसको चार वर्ष पछि ठिक अघिल्लो दिन भूकम्प जाँदा जनमानसमा त्रास पैदा भएको छ । बुधबार बिहान ६: २९ बजे भूकम्पको धक्का महसुस गरिएको हो । धादिङको नौविसेलाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको...
सरस्वती न्यौपाने (नेपाल समाचारपत्र)
बैशाख ११, रसुवा । उत्तरी नाका रसुवागढीबाट लुकाईछिपाई अवैध रूपमा नेपाल भित्र्याएको सात केजी सुन मंगलवार टिमुरेमा बरामद भएको छ । केरूङबाट सामान लिई आएको ना.६ ख ९०६८ नम्बरको स्याउ बोकी आएको कन्टेनर डिब्बाबाट अवैध ७ केजी सुन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले बरामद गरेको सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं राजस्व गस्तीका गुल्मपति...
सुनील महर्जन (नेपाल समाचारपत्र)
बैशाख ११, काठमाडौं । समायोजनमा चित्त नबुझेकाले स्वास्थ्य सेवाका भन्दै करिब ३ हजार ५ सय र अन्य सेवाका १० हजार गरी ४५ हजार भन्दा बढी कर्मचारीले गुनासो दर्ता गरेका छन् । वैशाख ५ गतेसम्ममा सो संख्यामा गुनासो दर्ता भएको बताइएको छ । मन्त्रालयले गुनासो सुन्नका लागि सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य मन्त्रालय तीन÷तीनजना जना...
बैशाख ११,
काठमाडौं । वि.स २०७२ साल बैशाख १२ गते भुकम्प गएको ४ वर्ष भोली पुरा हुदैं छ । तर बुधबार बिहानै राजधानीमा भूकम्पको धक्का महसुश भएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धर्म,सस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाई लेखाईमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरि पुरस्कृत हुने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । समयले साथ दिने हुनालेमन प्रशन्न रहने तथा भाग्य बृद्धि...
वैशाख १०, काठमाडौं । सरकारी स्वामित्वको नेपाल आयल निगमले निजी क्षेत्रको बोलावाला रहेको खाना पकाउने ग्यासको बजारमा हस्तक्षेप गर्ने भएको छ । सरकारी तवरबाट साल्ट ट्रेडिङ कर्पोरेसन मात्रै ग्यासको बोटलिङ र बिक्री वितरणमा संलग्न रहेको अवस्थामा निगम आफैंले पनि बजार हस्तक्षेप गर्न ग्यासको बोटलिङ प्लान्ट आफैं चलाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिले प्रत्येक प्रदेशका एक-एक वटा बोटलिङ...
बैशाख १०,
पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडको खहरेमा एक पर्यटक महिला नाङ्गै हिँडेपछि देख्नेहरु लज्जित बने । सडकमै यसरी नग्न अवस्थामा महिला हिँडेपछि कोहि अचम्म मान्दै हिँडे, कोहि लज्जित हुँदै शिर निहुराए । सोमबार दिऊँसो ४ बजेतिरको समयमा एक महिला पर्यटक बस्त्र नै नलगाई हिँडेपछि सबैजना अचम्म परेका हुन् । उनको टाउकोमा टोपी बाहेक कतै बस्त्र थिएन ।...
बैशाख १०,
हेटौंडा । चैत १७ मा सुरु गरिएको प्रदेश–३ को हिउँदे अधिवेशन प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोध र संसद् अवरुद्ध गर्नेसम्मको तयारीलाई निस्तेज पार्न मंगलबार सकिएको छ । नेपाली कांग्रेसले चर्कोरुपमा आवाज उठाए पनि अधिवेशनले प्रदेशको राजधानी र नामाकरणको विषय टुङ्ग्याउन सकेन । राजधानी र नामाकरणका विषयमा सत्तारुढ दलमै विवाद भएपछि प्रदेशको तेस्रो ९हिउँदे० अधिवेशन २४ दिनपछि अन्त्य...
बैशाख १०,
भद्रपुर । न्यून आर्थिक अवस्था भएका झापाका एक परिवारमा सन्तानलाइ ब्लड क्यान्सर देखापरेपछि आर्थिक सङ्कटले छोपेको छ । साविक जलथल–७ हाल हल्दीबारी– ४ अधिकारी चोकमा बसोवास गर्दै आएका दङ्गाल परिवारमा यतिबेला उपचार गर्ने रकम अभावले समस्या बढ्दै गएको छ । भीष्मकुमार र भौमादेवीमायाका १३ वर्षिय बालक गोपिचन्द्र९सुगम०लाइ ब्लड क्यान्सर देखा परेपछि परिवारमा सङ्कट छाएको हो । दुइमहिना...


