धादिङको नौविसे केन्द्रविन्दुः ५.२ रेक्टरको भूकम्प

65

बैशाख ११, काठमाडौं । राजधानी लगायत आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । २०७२ साल बैशाख १२ गतेको भूकम्पले ठूलो जनधनको क्षति गराएको थियो । त्यसको चार वर्ष पछि ठिक अघिल्लो दिन भूकम्प जाँदा जनमानसमा त्रास पैदा भएको छ । बुधबार बिहान ६: २९ बजे भूकम्पको धक्का महसुस गरिएको हो । धादिङको नौविसेलाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।