Thursday, September 24, 2026
Home पत्रपत्रिका रुमालमा ७ किलो सुन

रुमालमा ७ किलो सुन

102

सरस्वती न्यौपाने (नेपाल समाचारपत्र)
बैशाख ११, रसुवा । उत्तरी नाका रसुवागढीबाट लुकाईछिपाई अवैध रूपमा नेपाल भित्र्याएको सात केजी सुन मंगलवार टिमुरेमा बरामद भएको छ । केरूङबाट सामान लिई आएको ना.६ ख ९०६८ नम्बरको स्याउ बोकी आएको कन्टेनर डिब्बाबाट अवैध ७ केजी सुन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले बरामद गरेको सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं राजस्व गस्तीका गुल्मपति प्रमुख जीवन केसीले जानकारी दिनुभयो। सामान परीक्षण गर्ने क्रममा विषेश सुराकीको आधारबाट कन्टेनर डिब्बा चेकजाँच गर्दा चालक सिटको माथिल्लो भागमा साधारण तवरले रूमालमा बेरी राखेको अवस्थामा ७ केजी सुन भेटिएको थियो । स्याउको मालवाहक डिब्बा चलाउने चालक नौकुण्ड गापा–१ थाङदोर निवासी शेर ग्याल्पो घले रहेका र सुनसहित उनलाई पक्राउ गरिएको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीले जानकारी दिनुभयो।