अर्जुन अधिकारी ( नयाँ पत्रिका दैनिक)
बैशाख १७, काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरमा बिरामी लठ्याउने तीनवटा उपकरण ९एनेस्थेसिया मेसिन० सोमबार एकैसाथ बिग्रिएपछि ७५ प्रतिशत जटिल अप्रेसन रोकिएको छ । आइतबारसम्म सञ्चालनमा रहेका चारमध्ये तीनवटा मेसिनले अचानक सोमबार बिहानदेखि काम नगरेपछि अधिकांश अप्रेसन स्थगित गरिएको ट्रमा सेन्टरका निर्देशक डा। प्रमोद यादवले बताए ।
सेन्टरमा दैनिक २० मेजर अप्रेसन हुने गर्छन् ।...
नेपाल समाचारपत्र
बैशाख १७, काठमाडौं । नेपाल वायुसेवा निगमले क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाउन निर्देशन दिएसगै निगमले लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको हो । गत चैत १९ गते राति निगमको दुबई उडान रद्द भएस“गै उड्डयन क्षेत्रको नियम उल्लंघन गर्दै सञ्चारमाध्यममा अभिव्यक्ति दिएपछि प्राधिकरणले वैशाख ४ गते ७ दिने...
गंगा बराल (नेपाल समाचारपत्र)
बैशाख १७, काठमाडौं । संघीय संसदको वजेट अधिवेशन सोमबारदेखि आरोप–प्रत्यारोपबाट सुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको बैठक आव्हान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकको सुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त बैठक आव्हानसम्बन्धीको पत्र पढेर सुनाइएको थियो । त्यसपछि दुवै सदनमा दलका नेताहरुले शुभकामना मन्तव्य दिएका थिए । मन्तव्यका क्रममा सत्ता...
बैशाख १६,
पाल्पा– पाल्पाको निस्धि गाउँपालिका ७ मा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
भवास भन्ने स्थानमा लु १ ज १९४१ नम्बरको जन्ती बोकेको जिप दुर्घटना भएको पाल्पा प्रहरी प्रमुख एसपी विश्वमणि पोख्रेलले जानकारी दिए । घटना भएलगत्तै प्रहरीको एक टोली घटनास्थलतर्फ गएको एसपी पोख्रेलले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी...
बैशाख १६,
भक्तपुर । रामेछाप घर भइ हाल भक्तपुर बस्दै आएका दुई बालिकाहरुलाई जवरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्ष उमेर भएका उनीहरुलाई शुक्रबार ललाई फकाई भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायकमा रहेको एक गेष्ट हाउसमा लगी जवरजस्ती करणी गरेका थिए । जवरजस्ती करणी गरेका आरोपमा पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँ पालिका वडा...
वैशाख १६,
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बालुवाटारको जग्गा व्यक्तिको नाममा दर्ता हुनुमा तुलनात्मक रुपमा स्वच्छ छवि भएका प्रधानमन्त्रीहरु नै बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएको भन्दै भट्टराईले यसको जरासम्म पुग्ने गरी छानबिन हुनुपर्ने बताएका छन् । सोमबार संसद बैठकमा संबोधन गर्दै भट्टराईले नियतवश संलग्नता देखिएमा आफू दण्ड स्वीकार्न तयार रहेको समेत बताएका छन् ।‘नियतमात्र ठीक भएर हुँदो रहनेछ, हाम्रो...
वैशाख १६,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले देशमा भ्रष्टाचार हुन्न भन्नेमा आफू ढुक्क रहेको बताएका छन् । संसदको बर्खे अधिवेशनको पहिलो बैठकमा बोल्दै नेम्वाङले प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका सभापति दुवैले भ्रष्टाचारको विरुद्धमा बोलेकाले आफू ढुक्क रहेको बताएका हुन् ।‘प्रधानमन्त्रीले पनि जीरो टोलरेन्स भन्नुभएको छ, प्रमुख प्रतिपक्षी दलका नेताले पनि त्यहीँ भन्नुभएको...
वैशाख १६,
काठमाडौं । म्यानमारकी एक सुन्दरी अहिले नेपाली समुदायको विचमा सामाजिक सञ्जालमा चर्चाको पात्र बनेकी छिन् । मंगोल वर्णकी यी सुन्दरीको मुहार नेपाली युवतिको जस्तै छ । कतिले त उनको तस्विर राखेर फेशबुकमा नयाँ एकाउन्ट पनि खोलेका छन् । खासमा उनी म्यानमारकी सुन्दरी हुन् ।उनको वास्तविक नाम पन्चि सो नायुङ हो । उनको बुवा उ सो नायुङले मेपन्चिको नाम...
बैशाख १६
काठमाडौं -नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलट तथा प्रवक्ता विजय लामाको लाइसेन्स सस्पेन्ड गरिदिएको छ। नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो। लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरेको हो।प्राधिकरणको सेफ्टी हेर्ने विभागले लामाले विभिन्न मिडियामा दिएको अभिव्यक्तिबाट गम्भीर...
वैशाख १६,
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नियतमा शंका उब्जिएको बताएका छन् । आज व्यवस्थापीका संसदको वर्षे अधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै सभापति देउबाले भने सरकारले वितेको वर्ष हत्या बल्तकार भ्रष्टाचार नियन्त्रणमा उदासिनता देखाएकाले सरकारको नियतमै शंका उब्जिएको भन्ने उनले अरुले गरेको कामलाई पनि आफुले गरेको भन्दै तामझाम देखाउँदैमा वर्ष बिताएको दाबी...




