वैशाख १७,
बुर्किनाफासो । अफ्रिकी मुलुक बुर्किनाफासोको प्रोटेस्टेन्ट सम्प्रदायको गिर्जाघर (चर्च)मा आइतबार भएको आक्रमणमा छ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अरु दुई जना सम्पर्कविहीन भएका छन् । मोटरसाइकलमा आएका आक्रमणकारीले चर्चभित्र रहेका मानिसलाई लक्षित गरी अन्धाधुन्ध गोली चलाएका थिए । एक जना प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले शुरुमा हावामा गोली चलाएका थिए ।सरकारका प्रवक्ता रेमी फुल्गान्स डान्जिनोले जातीय हिंसा बढेसँगै...
वैशाख १७,
काठमाडौं । प्रदेश ३ सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेको छ । बजेट तयार पार्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगका कर्मचारी लागिपरेका हुन् । ५० अर्बको बजेट ल्याउने तयारी गरिएको छ ।चालु आर्थिक वर्षका लागि बजेट खर्च गर्न नसकेर पिरोलोमा परेको प्रदेश सरकारले पोजेक्ट बैंकमार्फत आगामी आर्थिक वर्षको बजेट...
वैशाख १७,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठक आज बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पमकल दाहाल प्रचण्डले सम्बोधन गर्ने संसदीय दलका उपनेता सुबास नेम्वाङले जानकारी दिए।संसदीय दलको बैठकमा सोमबारदेखि सुरु भएको संसदको बजेट अधिवेशनबारे छलफल हुने नेम्वाङको भनाइ छ। नेकपाले संसदको हरेक अधिवेशनको सुरुमा र...
वैशाख १७,
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ सरकारमाथि धावा बोलेका छन् । फोरम(राजपाको गठबन्धन सरकारले तराई मधेसको हितमा काम गर्न नसकेको भन्दै उनले नेकपाको नेतृत्वमा सरकार बन्न सक्ने बताए । ‘मधेसमा अहिले सरकार जसरी चलेको छ, ठीक चलेको छैन, त्यो मधेसी जनताको हित अनुकुल चलेको छैन,’ काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा उनले भने,...
वैशाख १७,
लहान । सङ्घीय समाजवादी फोरम प्रदेश नं २ को अध्यक्षमा विजय यादव निर्वाचित भएका छन् । फोरम प्रदेश नं २ को कार्यसमितिका लागि भएको मतदानमा फोरमका उपाध्यक्ष तथा पूर्वमन्त्री रेणु यादवलाई ३७ मतान्तरले पराजित गर्दै फोरमको केन्द्रीय कोषाध्यक्ष तथा प्रदेश नं २ का आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका यादव निर्वाचित भएका हुन्।गए राति सम्पन्न मतगणना परिणामअनुसार विजय यादवले...
एजेन्सी, वैशाख १७,
न्यु योर्क– सन् २०१७ जनवरीमा राष्ट्रपति पदभार सम्हालेदेखि डोनाल्ड ट्रम्पले १० हजारभन्दा धेरै झूटो दावी गरिसकेका छन् । वासिन्टन पोष्टका तथ्य–नगरानीकर्ताले गन्ती मापन गरेका थिए । सोमबार पत्रिकाले ट्रम्पको झूटो दावी र गलत सूचना उल्लेखको संख्या १० हजार नाघेको जानकारी दिएको हो । राष्ट्रपतित्व कालका पछिल्ला महिनामा ट्रम्प झनै झूटो दावी गर्न थालेको पत्रिकाले जनाएको छ ।ट्रम्पले...
वैशाख १७,
काठमाडौं । जापानका सम्राट आकिहितोले मङ्गलवार गद्दीत्याग गर्दैछन्। पचासी वर्षीय आकिहितोले स्वास्थ्य र उमेरका कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए। उनले गद्दी त्यागेको भोलिपल्ट युवराज नारुहितोले क्रिसन्थेमम गद्दी भनेर प्रख्यात जापानी राजसिंहासन सम्हाल्नेछन्। जापानमा सम्राटसँग कुनै राजनीतिक अधिकार हुँदैन। तर उनी राष्ट्रिय प्रतीकका रूपमा चिनिन्छन्। टोक्योस्थित राजदरबारमा हुने एकदमै...
बैशाख १७, काठमाडौं । दीपेन्द्र लामाको निर्देशन रहने फिल्म ‘छ माया छपक्कै’ को औपचारिक घोषणा गरिएको छ । सोमबार होटल सोल्टीमा एक कार्यक्रमका बीच निर्माण टिमले नाटकीय शैलीमा घोषणा गरिएको छ । सो अवसरम कलाकार केकी अधिकारी, दीपकराज गिरी, केदार घिमिरे र जितु नेपालले प्रहसन मार्फत रमाइलो गराएका थिए ।शहरमा हुर्किएकी एक युवती र सोझो केटाको कथा रहेको...
अजित अधिकारी ( नयाँ पत्रिका दैनिक)
बैशाख १७, काठमाडौं । हेटौँडा उपमहानगरपालिका–४, कमलडाँडामा ट्यांकर पार्किङ गरी हवाई इन्धन चोरी गर्दागर्दै पक्राउ परेका चालक बद्री गुरुङ र उनका दुई साथी उत्तम श्रेष्ठ र बलराम सुनुवारलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले चोरी मुद्दा लगाएर तीनैजनालाई जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले प्रारम्भिक सुनुवाइ गर्दै पूर्ण फैसला...
वीरेन्द्र ओली (नयाँ पत्रिका दैनिक)
बैशाख १७, काठमाडौं । नेकपाले जिल्ला तहको एकता सके पनि भ्रातृ संगठन एकीकरण अल्झेको छ । अहिलेसम्म २१ वटा जनवर्गीय संगठनमध्ये पाँचवटामा मात्रै भागबन्डा मिलिसकेको छ । नेताहरूले १६ वटा बाँकी संगठनमा पनि छिट्टै सहमति हुने दाबी गरेका छन् । जिल्ला नेतृत्व टुंग्याएकै शैलीमा जनवर्गीय र पेसागत संगठनको भागबन्डा पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल...

