सरकारको नियतमा शंका उब्जिएको छ : सभापति देउवा

207

वैशाख १६,
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता तथा पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नियतमा शंका उब्जिएको बताएका छन् । आज व्यवस्थापीका संसदको वर्षे अधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै सभापति देउबाले भने सरकारले वितेको वर्ष हत्या बल्तकार भ्रष्टाचार नियन्त्रणमा उदासिनता देखाएकाले सरकारको नियतमै शंका उब्जिएको भन्ने उनले अरुले गरेको कामलाई पनि आफुले गरेको भन्दै तामझाम देखाउँदैमा वर्ष बिताएको दाबी गरे ।

उनले लामो समयसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्दा सरकारको नियत प्रति शंका उब्जिएको जिकिर गरे । ‘शान्ति सुरक्षा कायम गर्न सरकार असफल भयो,’ देउवाले भने ।

नेपालकै लगानीमा बुढीगण्डकी आयोजना सम्पन्न गर्नुको सट्टा बिना प्रतिस्पर्धा विदेशीलाई सुम्पने काम गरेको बताउँदै देउवाले पूँजीगत खर्चमा सरकारको उपलब्धि निराशाजनक भएको उल्लेख गरे ।

‘विदेशी लगानीको गफ हाक्ने सरकारले विदेशी अनुदान न्यून ल्याएको छ,’ उनले भने, ‘थप लगानी ल्याउन पनि सरकार असफल भएको छ ।’

बालुवाटार काण्डमा सरकारको गतिविधिले जनताको मौनता तथा धैर्यता टुट्न सक्ने चेतावनी समेत उनले दिए । सरकारलाई पुरा हुन नसक्ने आश्वासन भन्दा तत्काल पुरा गर्नुपर्ने काममा ध्यान दिन सुझाब समेत दिए ।