जन्ती बोकेको जिप दुर्घटनाग्रस्त, ५ जनाको घटनास्थलमै मृत्यु

138

बैशाख १६,
पाल्पा– पाल्पाको निस्धि गाउँपालिका ७ मा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
भवास भन्ने स्थानमा लु १ ज १९४१ नम्बरको जन्ती बोकेको जिप दुर्घटना भएको पाल्पा प्रहरी प्रमुख एसपी विश्वमणि पोख्रेलले जानकारी दिए । घटना भएलगत्तै प्रहरीको एक टोली घटनास्थलतर्फ गएको एसपी पोख्रेलले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । -ratopati