Sunday, July 12, 2026
Home Blog Page 1621
वैशाख १६, काठमाडौं । केही दिन देखी लगातार उच्च अङ्कको वृद्धि हुँदै आएको शेयर बजार आज भने थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.२१ बिन्दुले घटेर एक हजार ३१०.३१ विन्दुमा पुगेर थामिएको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.०१ प्रतिशतले घटेर २८१.८४ बिन्दुमा पुगेको छ ।नेप्से परिसूचक घटेपनि कारोवार...
वैशाख १६ काठमाडौं । संविधानले आधारभूत तहसम्मकोे शिक्षा निशुल्क र अनिवार्य भनी मौलिक हकमै व्यवस्था गरेका बेला सरकारी निकायले निजी विद्यालयको शुल्क तोक्नु गैरकानूनी भन्दै सर्वोच्च अदालतमा रीट दायर भएको छ ।संविधानले आधारभूत तहसम्मको शिक्षा निशुल्क र अनिवार्य गरे पनि काठमाडौं महानगरपालिकाले केही दिनअघि निजी विद्यालयलाई अघिल्लै वर्षको शुल्क कार्यान्वयन गर्न निर्देशन दिने गरी पत्र लेखेको भन्दै नेपाल विद्यार्थी संघका...
बैशाख १६, बेंसीसहर दोर्दी गाउँपालिका–२ स्थित अर्चलबोट साँखरकी १३ वर्षीया किशोरीको बलात्कार प्रयासपछि हत्या भएको छ। अर्चलबोटको लक्ष्मीनारायण माद्यामिक विद्यालयको कक्षा ६ मा पढ्ने १३ वर्षीया अनिशा परियारको मृत्यु अस्वभाविक देखिएपछि प्रहरीले अनुसन्धान थालेको हो।हत्या अभियोगमा एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ। गत वैशाख ९ गते घाँटीमा सल बेरिएको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। बालिकाको नाताले हजुरबुवा...
बैशाख १६, तौलिहवा । कपिलवस्तुको वाणगङ्गा नगरपालिका– ८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारुको हत्या भएको छ । सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको वाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारुसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए ।...
एजेन्सी। वैशाख १६, काठमाडौ । आलु सर्वसुलभ तथा परिकारका लागि सजिलो चिज । सबैलाई मन पर्छन् आलुका परिकार । त्यसैले यसलाई तरकारीको राजा पनि भनिन्छ । यो दुनियामा आलुले बनेको एउटा यस्तो ठाउँ छ, जहाँ जानका लागि मानिसहरु लाखौँ रुपैयाँ खर्च गर्दछन् । के तपाईंले कहिल्यै आलुको गेडाभित्र रात बिताउन पाइने लग्जरी होटेलको बारेमा सुन्नुभएको छ ? अमेरिकाको इदाहोमा एउटा...
वैशाख १६, काठमाडौं । एनसेलले कर विवादको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने भएको छ । एनसेलले नेपाल सरकारले निर्धारण गरको करका विरुद्धको मुद्दा लिएर अन्तर्राष्ट्रिय आर्बिट्रेसन निकायमा जाने भएको हो । एजिआटा यूके र एनसेलले आर्बिट्रेसनमा जानका लागि अन्तर्राष्ट्रिय लगानी सम्बन्धी विवाद समाधान केन्द्र (आईसीएसआईडी)मा निवेदन दिने तयारी गरेको छ ।आईसीएसआईडीे विश्व बैंक समूह अन्तरगतको कर तथा लगानी सम्बन्धी विवाद...
बीबीसी, वैशाख १६, काठमाडौं । भारतमा संसदीय निर्वाचनअन्तर्गत सोमवार नौ राज्यका ७१ वटा संसदीय क्षेत्रमा मतदान सुरु भएको छ। झन्डै ९० करोड मतदाता भएको भारतमा सात चरणमा मतदान सम्पन्न हुनेगरी एप्रिल ११ मा निर्वाचन सुरु भएको हो। सोमवार महाराष्ट्रका १७, उत्तर प्रदेश र राजस्थानका १३-१३< पश्चिम बङ्गालका आठ, मध्य प्रदेश तथा ओडिशाका छ-छ, बिहारका पाँच, झारखण्डका तीन र जम्मू-कश्मीरका एक...
वैशाख १६ तौलिहवा । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको छ । सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताउनुभयो । पक्राउ...
वैशाख १६ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सोमबार बिहानदेखि शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा पोलिटब्युरो कमिटी गठन, कार्यसमितिको कार्यविभाजन, जनवर्गीय संगठनको एकता लगायतको विषयमा छलफल भईरहेको प्रधानमन्त्रीको निजि सचिवालय स्रोतले जनाएको छ । वैशाख ९ गते जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुगों लागेको छ भने यसअघि नै प्रदेश कमिटिको पनि टुगों...
वैशाख १६ काठमाडौँ । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा आजदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन् । नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा...