वैशाख १८,
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणको कार्यतालिका एक दिन छोट्याएर बुधबार स्वदेश फर्किएकी छिन् । राजकीय भ्रमणका क्रममा बेइजिङबाट मंगलबार अपराह्न ल्हासा पुगेकी उनी केही बेर अघि काठमाडौं फर्किएकी हुन्। उनलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले बिदाइ गरेका थिए ।चीनको स्वशासित क्षेत्र तिब्बको राजधानी ल्हासामा पुगेपछि राष्ट्रपतिमा ‘हाई अल्टिच्युड’का कारण समस्या देखिएको थियाे...
वैशाख १८,
बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित लक्ष्मी माविका सहायक प्रधानाध्यापक घनश्याम डाँगीले जारी कक्षा १२ को परीक्षा दिने तयारी गरेको रहस्य खुलेको छ। जिल्ला प्रशासन कार्यालय झापामा गोप्य सूचना पुगेपछि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुगमन गर्दा यस्तो रहस्य खुलेको हो।सहायक प्रधानाध्यापक डाँगीले सो विद्यालयमा भइरहेको परीक्षामा अर्जुनधारास्थित शनिश्चरे माविको परीक्षार्थी भएर परीक्षा दिने तयारी गरेका थिए। आफुले...
वैशाख १८,
काठमाडौँ ।
-स्मार्ट फोन जतिवेला पनि चार्जमा राखिराख्नुहुँदैन । फुल चार्ज भइसकेपछि चार्जबाट निकाल्नुपर्छ । धेरै समय चार्जमा राख्दा मोबाइल पड्किने डर हुन्छ ।-स्मार्टफोनको पछाडिको भाग नकोरियोस् वा नफुटोस् भन्न चाहनुहुन्छ भने ब्याक कभर प्रयोग गर्नुपर्छ ।-कुनै पनि स्मार्टफोनको डिस्प्ले निकै संवेदनशील हुन्छ । डिस्प्लेको सानो भाग फुट्यो वा कोतरियो भने पनि नराम्रो देखिन्छ । डिस्प्ले सुरक्षाका लागि विभिन्न प्रकारका प्लास्टिकका खोल राख्न...
वैशाख १८,
काठमाडौँ ।
-कपालमा लामो समयसम्म तेल लगाउँदा कडा हुने, रङ उड्ने र कमजोर हुनेलगायत समस्या हुन्छ । तर, आयल मसाज भने कपालको स्वास्थ्यका लागि निकै आवश्यक छ । त्यसका लागि नरिवलको तेल प्रयोग गर्न सकिन्छ ।
-सबैभन्दा पहिला एउटा भाँडोमा नरिवलको तेल राख्नुपर्छ । अनि, उक्त तेललाई हल्का तताउनुपर्छ ।
-सो मनतातो तेलले हातको सहायताले कपालमा मसाज गर्नुपर्छ । कपालको जरासम्म पुग्नेगरी सर्कुलर मोसनमा मसाज गर्न...
वैशाख १८,
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि चीनको राजकीय भ्रमण एक दिन छोट्याएर स्वदेश फर्किएकी छन् । बेइजिङको महत्वपूर्ण भेटघाट सकेर ल्हासा हुँदै फर्किने क्रममा राष्ट्रपतिको स्वास्थ्यमा समस्या देखिएको हो ।चीनको स्वशासित क्षेत्र तिब्बको राजधानी ल्हासामा पुगेपछि राष्ट्रपतिमा ‘हाई अल्टिच्युड’का कारण समस्या देखिएको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए । समुद्री सतहबाट ११ हजार ९७५ (३६५९)...
वैशाख १८,
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मजदुरहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । १३० औं मजदुर दिवसको अवसरमा बुधबार सभापति देउवाले जारी गरेको शुभकामना सन्देशमा विश्व र नेपालको श्रमिक आन्दोलन स्मरण गर्दै कांग्रेस नेतृत्वमा भएको विराटनगरको मजदुर आन्दोलनको चर्चा गर्नुभएको छ ।उहाँको शुभकामना सन्देशमा भनिएको छ, ‘विराटनगर मजदुर आन्दोलनका क्रममा जननायक बीपी कोइरालालगायत धेरै...
वैशाख १७,
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज बेइजिङबाट ल्हासा आइपुगेकी छिन् । उनलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गरे । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन (अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग...
वैशाख १७,
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले वर्तमान सरकारले एक ईन्चपनि सरकारी जग्गा अपचलन नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने सरकारलाई प्रमाण दिनुहोस, दोषीहरुलाई कारबाही गर्छ ।’मंगलबार राजधानीमा आयोजित कार्यक्रमा बोल्दै नेता पौडेलले सरकारले आफ्नो स्वामित्वमा रहेका सबै जग्गाको संरक्षण गर्ने...
वैशाख १७,
विराटनगर । प्रदेश नम्बर १ को नाम र स्थायी राजधानी तोक्न नसकिरहेका बेला प्रदेश सरकारले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो । यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरि निर्णय भएको प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले जानकारी दिए । धनकुटा यसअघि...
जम्बला लामा-
हाल पत्रिकाहरुमा यस्तै हल्लाहरु व्यापक भएको छ । अर्थात भूमाफियाहरुको जगजगी र रजाई । के यो दुई तिहाई सरकार भूमाफियासँग नै मिलोमत भएको नै हो त ? यो जनताको प्रश्न सरकारलाई आएको छ । जनताको मन जित्ने कि, भ्रष्ट भूमाफियाहरुको मन जित्ने ? यदि ओली सरकार जनताको मन जित्ने हो भने जनपक्ष भई देशलाई सञ्चालन गर्नुप¥यो । यदि...

