सरकारले एक ईन्चपनि सरकारी जग्गा अतिक्रमण गर्दैन : पौडेल

67

वैशाख १७,
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले वर्तमान सरकारले एक ईन्चपनि सरकारी जग्गा अपचलन नगर्ने स्पष्ट पारेका छन् । उनले भने,‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने सरकारलाई प्रमाण दिनुहोस, दोषीहरुलाई कारबाही गर्छ ।’मंगलबार राजधानीमा आयोजित कार्यक्रमा बोल्दै नेता पौडेलले सरकारले आफ्नो स्वामित्वमा रहेका सबै जग्गाको संरक्षण गर्ने स्पष्ट पारे । उनले भने,‘यदि कसैले सरकारी जग्गा अतिक्रमण गरेको छ भने भूमाफीया र उनीहरुको कुनै पक्ष वा अंशलाई पनि बाँकी राख्दैन् । ठाडै कारबाही गर्छ ।’

उनले आजको मितिसम्म सरकारी जग्गा कसैले कब्जा गरेको प्रमाण भए वर्तमान सरकार सरकारी सबै जग्गा बचाउ गर्ने प्रतिबद्धता सुनाए । उनले भने,‘अहिले सरकारी जग्गा सबै भूमाफीयाहरुले कब्जा गरे भनेर भयानक नै भयो भनेजसरी हल्ला फैलाईएको छ । यो सही होईन् ।’नेता पौडेलले नेकपाका महासचिव विष्णु पौडेलको नाम बालुवाटार जग्गा प्रकरणमा आवश्यकभन्दा बढि हल्ला गर्न आवश्यक नरहेको पनि टिप्पणी गरे । उनले भने,‘उहाँले ०६१ सालमा जग्गा किन्नुभएको हो । त्यतिवेला उहाँको पार्टी शक्तिशाली पनि थिएन् । सरकारमा पनि थिएन् ।’

यद्धपी व्यक्तिले जग्गा किनबेच गर्न पाउने उनको तर्क छ । उनले भने,‘उहाँले सरकारी हैसियतमा त्यो जग्गा किनेको होईन् । तर, सार्वजनिक पद धारण गरेका व्यक्तिहरु पारदर्शी हुनुपर्छ ।’
वर्तमान सरकारले भ्रष्टाचार हुनै नदिने पनि पौडेलले विश्वास दिलाए । उनले भने,‘यदि भ्रष्टाचार गरेको प्रमाणित भयो भने अनुहार पनि नहेरी ठाडै कारबाही हुन्छ । यो कुरा आजपनि प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो संसदीय दलको बैठकमा भन्नुभएको छ।’

भ्रष्टाचार गरेको प्रमाणित भएकाहरु कोही पनि नबच्ने उनले उद्धघोष गरे । यद्धपी बिना कारण र प्रमाण कसैलाई पनि कारबाही नहुने उनले जिकिर गरे । बालुवटार जग्गा प्रकरणमा विष्णु पौडेलको संलग्नता नरहेको पनि उनले दाबी गरे । उनले भने,‘यो विषयमा नैतिकताको आधारमा उहाँले राजीनामा दिने कुरा होईन, ८ आना जग्गा किन्नुभएको हो । उहाँले सरकारी स्रोत दुरुपयोग गरेर किन्नुभएको होईन् । व्यक्तिलाई जग्गा किनबेचको अधिकार छ ।’