भ्रमण छोट्याएर राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

82

वैशाख १८,
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणको कार्यतालिका एक दिन छोट्याएर बुधबार स्वदेश फर्किएकी छिन् । राजकीय भ्रमणका क्रममा बेइजिङबाट मंगलबार अपराह्न ल्हासा पुगेकी उनी केही बेर अघि काठमाडौं फर्किएकी हुन्। उनलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले बिदाइ गरेका थिए ।

चीनको स्वशासित क्षेत्र तिब्बको राजधानी ल्हासामा पुगेपछि राष्ट्रपतिमा ‘हाई अल्टिच्युड’का कारण समस्या देखिएको थियाे । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी भएकी थिइन् ।

यसअघि उनी बिहीबार दिउँसो एयर चाइनाको उडानबाट स्वदेश फर्किने कार्यक्रम थियो । तर मंगलबारको भेटघाट सकिएपछि राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या देखिएपछि उनी काठमाडौं फर्किने योजना बनेको हो । उनले बुधबार पोटाला र जोखाङ दरबार भ्रमण गर्ने, कृषि परियोजना अवलोकन गर्ने लगायतका कार्यक्रम थिए ।