Sunday, September 27, 2026
Home राजनीति मजदुर दिवसको अवसरमा सभापति देउवाको शुभकामना

मजदुर दिवसको अवसरमा सभापति देउवाको शुभकामना

81

वैशाख १८,
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मजदुरहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । १३० औं मजदुर दिवसको अवसरमा बुधबार सभापति देउवाले जारी गरेको शुभकामना सन्देशमा विश्व र नेपालको श्रमिक आन्दोलन स्मरण गर्दै कांग्रेस नेतृत्वमा भएको विराटनगरको मजदुर आन्दोलनको चर्चा गर्नुभएको छ ।

उहाँको शुभकामना सन्देशमा भनिएको छ, ‘विराटनगर मजदुर आन्दोलनका क्रममा जननायक बीपी कोइरालालगायत धेरै नेताहरुलाई पक्राउ गरेको थियो । नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो ।’ २०१६ मा नेपाली कांग्रेसको जन–निर्वाचित सरकारले नै कारखाना र मजदूरसम्बन्धी कानूनको तर्जुमा गरेर, मजदूरहरुलाई कानूनसम्मत् अधिकार प्रदान गरेको उल्लेख गर्नुभएको छ ।

लोकतन्त्रमा मात्र श्रमको सम्मान हुने भएकाले आफ्नो ठाउँबाट सजगतापूर्वक अघि पनि पनि देउवाले सबैमा आग्रह गर्दै नेपाली श्रमिक अझै पनि अनेक समस्यामा रहेकाले उनीहरुको हक, हित सुरक्षाका लागि कांग्रेसले साथ दिने प्रतिबद्धता सभापति देउवाले जनाउनुभएको छ ।