दीपेन्द्र गजुरेल /टीका बन्धन, स्पेन, म्याड्रिड ( नेपाल समाचारपत्र)
बैशाख १९, नेपालका विभिन्न परियोजनामा लगानी बढाउन स्पेनी व्यवसायीले चासो देखाएका छन । नेपालको जलविद्युत र पूर्वाधारमा लगानी गर्न स्पेनी व्यवसायीहरु उत्साहित भएका हुन । गत चैत दोस्रो साता काठमाडौंमा सम्पन्न लगानी सम्मेलनमा सहभागी व्यवसायीले जलविद्युत, पूर्वाधार विकास सहित नेपालको कफी यूरोपेली बजारमा भित्र्¥याउन चासो लिएका हुन् । लगानी सम्मेलनले...
मधुसूदन रायमाझी ( नेपाल समाचारपत्र)
बैशाख १९, काठमाडौं । सडक विस्तार शुरु भएको वर्षौं बितिसक्दासमेत निर्माण सम्पन्न नहुँदा उपत्यकाबासी हिलो र धूलोको चपेटामा परेका छन् । उनीले स्थानीय सरकारसँग गुनासो गर्दै दबाब दिने गरेका छन् । तर काठमाडौं उपत्यकाभित्र निर्माणाधीन मुख्य सडकहरु संघीय सरकारअन्तर्गत निर्माण भइरहेकाले स्थानीय सरकार टुलुटुलु हेरेर बस्नुको विकल्प छैन । सरकारले सडक निर्माणमा एकीकृत योजना...
-रुपक ढकाल
दमन सहेर नै ठुलो गल्ति गरेकी होर ?
आफ्नै परिवारबाट पनि हत्यामा परेकी होर ?संघर्ष गर्दै जसोतसो अगाडि बढेकी तिमी
आज किन आफै पछि सरेकी होर ?कस्ता तिम्रा सासु ससुरा जेठाजु जेठानी
त्यो बिरामी श्रीमानको हातबाट मरेकी होर ?हिजो निर्मला,आज सरिता भोलि फेरी उजेली
बुद्धले हत्या हिंसाको संदेश छारेकी होर ?एउटी नारी जसले तिम्लाई स्तनपान गराइन
अर्की सासु भनाउँदी अपराधि, ठहरेकी होर ?
-भक्तपुर
टेकराज थामी (नयाँ पत्रिका)
बैशाख १९, काठमाडौं । १. बूढानीलकण्ठबाट लाजिम्पाट हुँदै आएको खोला उत्तरढोका र गैरीधाराको बीचबाट नारायणहिटीभित्र छिर्छ । २. नारायणहिटीभित्र पनि खोला साँघुरो छ, तर बगेको स्पष्ट देखिन्छ, जयनेपाल हलअगाडिको पर्खालसम्म खोला छ । ३. जयनेपाल हलबाट दक्षिणतर्फ कमलादी मोडसम्म खोलाको नामोनिसान छैन, खोला भूमिगत बनाएर भव्य भवन बनेका छन्काठमाडौंको बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने...
एजेन्सी,वैशाख १८,
काठमाडौं । भारतको महाराष्ट्रमा माओवादी आक्रमणमा परेर १६ भारतीय प्रहरीको मृत्यु भएको छ । महाराष्ट्रको गढचिरौलीमा भएको माओवादी आक्रमणमा परेर १६ प्रहरीको मृत्यु भएको हो । माओवादी अति प्रभावित क्षेत्रको रुपमा रहेको गढचिरौलीमा आक्रमणकारीहरुले प्रहरी चढेको गाडीमा आक्रमण गरेका थिए । उनीहरुले २ दर्जनभन्दा बढी गाडीहरु जलाईदिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । माओवादी विद्रोहलाई दबाउन महराष्ट्र प्रहरीले बनाएको...
वैशाख १८,
काठमाडौं । पार्टी एकताका लागि संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी छलफलमा जुटेका छन्। उपेन्द्र यादव नेतृत्वको फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच पार्टी एकताका लागि केही दिनदेखि दुवैपक्षका नेता छलफलमा जुटेका हुन्। नयाँ शक्तिले पार्टी एकतालगायत विषयमा छलफल गर्न शुक्रबार सचिवालय बैठक बोलाएको छ। फोरमले पनि २१ गते बैठक डाकेको छ।‘हामी छलफलमा जुटिरहेका छौं,...
एजेन्सी,
वैशाख १८,
काठमाडौं । इन्डियन प्रिमिएर लिग आइपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङसबीच प्रतिस्पर्धा हुँदैछ । दुई खेल अघि नै प्ले अफमा पुगेको दिल्ली र चेन्नई शीर्ष स्थानको होडमा एकअर्का विरुद्ध प्रतिस्पर्धा गर्न लागेका हुन् । चेन्नईको घरेलु मैदानमा खेल बेलुका ८ः१५ बजे सुरु हुनेछ ।दिल्ली शीर्ष स्थान कब्जा गरिरहने लक्ष्यमा छ भने चेन्नई दिल्लीलाई हराउँदै शीर्ष...
वैशाख १८,
गलेश्वर । आज मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदूर दिवस । देशैभरी मजदूरीहरूले आफ्नो हक र अधिकारका लागि ¥यालीसहित विभिन्न कार्यक्रम गरिरहँदा म्याग्दीमा भने सडक निर्माणको काम गरिरहेका एक मजदूरको मृत्यु भएको छ ।मृत्यु हुनेमा बर्दिया मधुवन नगरपालिका–२ ठाकुरद्वारका ३५ वर्षीया कालुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–दरवाङ सडकखण्डअन्तर्गत चुत्रेनीमा सडक विस्तारको काम गरिरहेको अवस्थामा...
बैशाख १८,
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ बुधबारदेखि निवास सरेका छन् । उनी बस्दै आएकोे गैह्रीधारास्थित सरकारी निवासबाट लैनचौरस्थित उपराष्ट्रपतिको भवन ‘ग्रीन हाउस’मा सरेका हुन् । मन्त्रिपरिषद्को गत भदौ २१ को बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि ९उपराष्ट्रपति भवन० सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।वातावरण मैत्री हरियो रङले रङ्ग्याइएको...
वैशाख १८,
नयाँदिल्ली । भारतको हरियाणा राज्यको पानीपतमा रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीन जना किशोरलाई रेलले कुल्चिएको छ । भारतमा पछिल्लो समय रेलमार्गमा सेल्फी लिनेक्रममा धेरैको ज्यान जाने गरेको अनुसन्धानहरुले देखाएका छन् । प्रहरीका अनुसार चौथो युवकको भने ज्यान जोगिएको छ ।प्रत्यक्षदर्शी एम एस डबासले चारै जना किशोर रेलमार्गमा उभिएर मोबाइलबाट सेल्फी लिँदै गरेको र त्यहीबेला रेलले उनीहरुमध्ये तीन...

